वेचिन लागेका ९ चेलीको सिमाबाट उद्धार - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

वेचिन लागेका ९ चेलीको सिमाबाट उद्धार



माधव बेल्वासे
कपिलवस्तु : मानब बेचबिन तथा लैगिक हिंसा बिरुद्ध क्रियाशिल रुपमा काम गर्दै आएको संस्था केआई नेपालले सिमा नाकाबाट ९ जना चेलीको उद्धार गरेको छ ।उद्धार गरिएका चेलीहरु भारतमा रोजगार गर्ने उदेश्य देखि तेस्रोमुलुक सम्म जान लागेको खुल्न आएको छ ।

मानब बेचबिखन बिरुद्ध कपिलबस्तुको सिमा नाकामा रहि यात्रु गेट र लिंगेटमा दुबै ठाउमा सिमा निगरानीलाई कडाई गर्दा उक्त चेलीहरुको उद्धार गरिएको हो ।उद्धार गरिएका चेलीहरु पुर्ब धनकुटा देखि सिन्धुली सम्मका रहेका छन ।

उद्धार गरिएका चेलीहरु धनकुटा १, अर्घखाचि ३,रुपन्देहि १,दाङ्ग २ , कपिलबस्तु १ र सिन्धुलीको १ गरि ९ चेलीको उद्धार गरिएको हो ।
केहि दिनमा फरक फरक समयमा उद्धार गरिएका चेलीहरु घरमा कुनै जानकारि नदिई बिबहा गर्ने निउमा,रोजगार गर्ने निउमा र बैदेशिक रोजगारको निउमा समेत जान लागेको सोधपुछको क्रममा खुलेको केआई नेपाल कपिलबस्तुका जिल्ला संयोजक केसर बिशकर्माले जानकारि दिए ।

उद्धार गरिएका चेलीहरुलाई घर फिर्ता गर्ने क्रममा कयौ अभिभाबकले खुसिका आसु समेत जार्नु भएको कुरा बिशकर्माले बताउनु भयो ।
“छोरो बिदेश भएको र दोस्रो बिबहा गरि भारत जान लागेकि बुहारिलाई रोकि ४ बर्षे बालकको आंसु पुछिदिएकोमा केआई नेपालर्ला धन्यबाद दिए” दाङ्ग घर भएकि आसा हरिजन नाम परिबर्तित कि ७० बर्षे बुबाको भनाई उद्धत गर्दै संयोजक बिशकर्माले बताए