स्थानिय युवाको दादागिरी महिलामाथी कुटपीट - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

स्थानिय युवाको दादागिरी महिलामाथी कुटपीट



दिपा महत / कपिलवस्तु । बाणगंगा नगरपालिका.६ बैदौलीका युवाहरुले मदिरा सेवन गरी एक स्थानिय महिला माथी कुटपिट गरेका छन् करिव ६० वर्षकी मानसिक असंतुलन बिग्रिएकि महिला माथी गत सोमवार साँझ गाउँकै ३ जना युवाहरुले रातीको समयमा कुटपिट गरेका थिए ।

राती मदिरामा मात चढेका युवाहरुले कुटपीट गरेको स्थानीयले बताएका छन । तत्कालै स्थानियले प्रहरीलाई खवर गरेपछि इलाका प्रहरी कार्यालय कोपवाको टोली घट्ना स्थलमा पुगेको थियो ।

कुटपीट गर्ने युवालाई तत्काल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कोपवाले ईप्रका पिपरा पठाएको थियो । घाईते महिलालाई सामुदायिक अस्पताल ४ नं जितपुरमा सामान्य उपचार पछि घर फकाईएको थियो ।

पक्राउ परेका ३ युवाहरुलाई पिडित पक्षको कुनै उजुरी नआए पछि अब आइन्दा गल्ती नगर्ने सहमतीमा छाडिएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक राजु कार्कीले जानकारी दिए । पिडित पक्षले घट्ना सामान्य हो उनीहरुलाई छाडिदिन भने पछि प्रहरीले छोडेको उहाँको भनाई छ ।

गाउँघरमा मदिरा सेवन गरि पुरुषहरुले हल्ला मच्चाउने गरेको स्थानियको आरोप छ । मदिरा सेवनकै कारण महिला माथि धैरै हिंसा हुने गरेको छ । मदिरा उद्योग नै बन्द गरि अन्य बिकल्प राज्यले दिनु पर्ने अधिकारकर्मी चेतना अधिकारीको भनाई छ ।

गत ६ वर्ष अगाडि पनि सोहि स्थानमा स्थानिय युवाहरुले एक १४ वर्षिय किशोरीलाई बलात्कार गरि हत्या गरेका थिए ।