कैलालीको सुखडमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको उपशाखा सञ्चालनमा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कैलालीको सुखडमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको उपशाखा सञ्चालनमा



    २२० करोड चुक्ता पुजी बाट नेपाली बिमा बजारमा

हिमाल पोस्ट 

सुखड,कैलाली ।।

कैलालीको घोडाघोडी नगरपालिका -१ सुखडमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनिले आफ्नो उपशाखा बिहिवार बाट सञ्चालनमा ल्याएको छ ।

उपशाखाको बिहिवार एक कार्यक्रमका बिच ज्योति लाईफ इन्स्योरेन्सका केन्द्रिय बजार ब्यबस्थापक पर्शुराम मरासिनीले उद्घाटन गर्नुभएको थियो ।

इन्स्योरेन्स कम्पनिहरुको भिडमा ज्योति लाईफ इन्स्योरेन्सले छोटो समयमै राम्रो मुनाफा गरेको बताउदै बजार ब्यबस्थापक मरासिनीले ब्यक्तिगत जोखिम र भविस्यको सञ्चितका लागि पनि बिमा गनुपर्ने आवश्यकता रहेको बताउनु भयो । मरासिनीले २२० करोड चुक्ता पुजी बाट नेपाली बिमा बजारमा आएको र यो कम्पनी को प्रमुख प्रोमोटर एन आइ सि एसिया बैंक र गोल्छा ग्रुप रहेको समेत जानकारी दिनुभयो ।

क्षेत्रीय प्रबन्धक देशराम चौधरीको स्वागत मंन्तब्य संगै सुरु भएको कार्यक्रममा यस क्षेत्रका ब्यापारि ,बुद्धिजीवी लगाायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सुखड शाखा प्रमुख टेकराज आचार्यले गर्नु भएको थियो ।