तेस्रो जुत्ता मेलाको तयारी पूरा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

तेस्रो जुत्ता मेलाको तयारी पूरा



बुटवल । बुटवलमा माघ १० गते देखि तेस्रो जुत्ता मेला हुने भएको छ । नेपाल युवा उद्यमी मञ्चको आयोजना र नेपाली जुत्ता घरको सह आयोजनामा बुटवलको बालमन्दिरमा माघ १० गते देखि १८ गते सम्म दोस्रो जुत्ता मेला हुन लागेको हो ।

आयोजकले आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी जुत्ता मेलाको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । नेपाल युवा उद्यमी मञ्चका अध्यक्ष सुवोद्धमान सैजुले नेपाली जुत्ताचप्पलको प्रबद्र्धनका लागि जुत्ता मेलाको आयोजना गरिएको बताए ।

माघ १० गते देखि आयोजनामा हुने मेलामा विभिन्न कम्पनीले जाडो लक्षितका जुत्ताहरु विक्रिमा राखिने बताए । मेलामा रु ७० देखि ७० प्रतिशत सम्म छुटको व्यवस्था गराइएको उनले बताए ।
मेलामा १ सय देखि १० हजार रुपैया सम्मका जुत्ता चप्पल विक्रिमा राखिने आयोजकको भनाई छ । पत्रकार सम्मेलनमा बोल्दै नेपाली जुत्ताघरका प्रतिनिधी सुरज बञ्जाडेले ५ बर्षको अवधिमा नेपाली जुत्ता घरले आफनो सेवा विस्तार गर्दै देशभर पुराएको बताए ।

बुटवल उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष महेशमान सिंहले स्वदेशी उद्योगको प्रबद्र्धन गर्दै गुणस्तरिय जुत्ताको विक्रि गर्न आयोजकलाई सुझाव दिए ।उनले नेपाली जुत्ता बलियो र गुणस्तरिय भएपनि विदेशी जुत्तालाई विश्वास गर्ने भएकाले स्वदेशी बस्तुको प्रयोगमा पनि जोड दिनुपर्ने उनले बताए ।

मेलामा शिखर सुज, विएफ डियरहिल सुज, क्रस रोड, शु ल्याण्ड, हाईलाईफ, रोयल शुज ब्राण्डका जुक्ताहरु मेलामा राखिने छ । मेलामा १ करोड बराबरको कारोबार हुने लक्ष्य आयोजकले बताएको छ । कार्यक्रम प्रदीप शाक्यको सञ्चालनमा सम्पन्न भएको थियो ।