विकासको दोष ठेकेदारलाई लगाउने भए हैसियत सम्झेर बोल्नुस : नेता ज्ञवाली - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

विकासको दोष ठेकेदारलाई लगाउने भए हैसियत सम्झेर बोल्नुस : नेता ज्ञवाली



गुल्मी : रुरु गाउँपालिका ६ को बम्घामा संयुक्त बाम भेलालाई संबोधन गर्दै प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं १ का उमेद्वार प्रदिप ज्ञवालीले आफुले गरेका स्वभाविक कामलाई मात्र प्रचार गर्न प्रतिपक्ष नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।
‘प्रतिपक्षका साथीहरु चार बर्षमा सवै काम मैले गरे भन्न पनि भ्याए,’ प्रतिस्प्रर्धी चन्द्र भण्डारी प्रति व्यङग्य गर्दै उनले भने,‘विकासका ठुला प्रचार गर्ने दोष ठेकेदारलाई दिने, कस्तो अचम्म ।

कांग्रेस केन्द्रिय सदस्य तथा ज्ञवालीका प्रतिस्प्रर्धी चन्द्र भण्डारीले शुक्रबार आफुले अरवौका बजेट केन्द्रबाट पठाए पनि ठेकेदारले कामनै नगरेको आरोप लगाएका थिए । त्यसैप्रति लक्षित गर्दै ज्ञवालीले पैसा पारे भनेर फेसबुकमा प्रचार गर्नेहरुले काम पनि गराएएर देखाउन सुझाव दिए ।

कसले कति विकास गर्यो टेवल टक गरौ
आफु केन्द्रिय राजनितीमा अलि बढि व्यस्त भएपनि जिल्लाका विकास निर्माणमा उदासिन नभएको उनले बताए । ‘फेसवुकको प्रचारले विकास हुँदैन, मलाई सरकारी कार्यालयका योजनाको फोटोकपि पनि संजालमा राख्नु छैन,’उनले भने,‘ साँचो अर्थमा कसले विकास ग¥यो आउनुस टेवल टक गरौ ।

ज्ञवालीले तानसेन–तम्घास, रिडी रुद्रवेणी–वामीटक्सार र कालिगण्डकी कोरीडोर सम्मको विकास निर्माण अगाडी बढाउनमा आफु र नेकपा एमालेको भुमिकालाई स्मरण गर्न प्रतिपक्षलाई आग्रह गरे । साथै उनले चन्द्र भण्डारीलाई सालझण्डी–तम्घास फास्ट ट्रयाकको मैले गरेको भनेर भजन गाएर हिड्न नसुहाउने बताए ।

चन्द्र जीले तत्कालिन मुख्य सचिव लिलामणी पौडेल, माओवादी नेता टोप बहादुर नेता तथा रुपन्देहिका अरु थुप्रै नेताहरुले गरेका प्रयास बिर्सिए बताउँला,’उनले भने,‘ मनोगणन्ते प्रचार गर्दा नैतिकता बिर्सनु भएन् ।’

कांग्रेसले प्रतिपक्षमा बस्ने हैसियत समेत सम्झेन
शुक्रबार बिहानबाटै घरदैलो अभियानमा निस्किएका एमाले प्रभावशाली नेता ज्ञवालीले नेपाली कांग्रेसले प्रतिपक्षमा बस्ने हैसियत समेत गुमाएको बताए । उनले बोल्दा हैसियत गुमाउनेहरुलाई जनताले सँजाय दिन धेरै समय नभएकाले धर्य गर्न चेतावनी दिए ।

देशका महत्वपुर्ण आन्दोलनमा सहभागी कम्युनिकष्टहरु एकै ठाउँ हुँदा प्रधानमन्त्री सहितका नेताहरुले अधिनायकबाद भन्दै बर्बराएर हिडेको ज्ञवालीले आरोप लगाए । देशमा सवैभन्दा धेरै जनआधार भएका सवै कम्युनिष्ट पार्टीहरुका बिचमा अहिलेसम्म निकै कटुता र निषेधको सम्बन्ध भएकाले देशको स्वाभिमान र राष्ट्रियता जोखिममा परेको उनले बताए ।

त्यसैले सोहि मुद्धा र समृद्ध नेपाल निर्माणका लागि ठुलो जोखिम मोलेरै भएपनि कम्युनिष्ट शक्तिहरु एक ढिक्काका साथ अगाडी बढ्ने नयाँ संकल्प गरिएको पूर्व मन्त्री समेत रहेका ज्ञवालीले बताए । देशैभर नयाँ उत्साहाका साथ मनोनयन दर्ता भएकाले केहि ठाउँका देखिएका असन्तुष्टिहरु पनि केहि दिनमा हराएर जाने उनले बताए ।

दुई सातादेखि आफ्नो निर्वाचन क्षेत्रमा भेटघाट तथा छलफलमा लागेका ज्ञवाली पुन एक महिने कार्यक्रम अभियानका साथ गाउँ पसेका छन् । उनले पहिलो दिन रुरु गाउँपालिका ३ को रिडीमा बाम गठबन्धनको संयुक्त कार्यालयको उद्घाटन गरेका छन् ।

दोस्रो दिन शनिबार रुरु गाउँपालिका भित्रका विभिन्न स्थानहरुमा चुनावी सभाहरु भएको युवासंघका केन्द्रिय सदस्य हिमाल श्रेष्टले बताए । चुनावी सभामामा गठबन्धनको तर्फबाट निर्वाचन क्षेत्र नं १ क प्रदेशका उमेदवार सुर्दशन बलाल, एमाले जिल्ला अध्यक्ष मधुकृष्ण पन्त, एमाले नेता निलकण्ठ गौतम, युवा संघका केन्द्रिय सदस्य हिमाल श्रेष्ट, यदु ज्ञवाली लगायतको सहभागिता रहेको छ ।

ज्ञवाली अघिल्लो संविधान सभा निर्वाचनमा पराजित भएकाले पनि नयाँ योजनाका साथ चुनावी मैदानमा रहेका छन् । नेकपा एमाले प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं १ का संयोजक मधुकृष्ण पन्तका अनुसार ज्ञवाली मंसिर १५ सम्म गाउँमै घरदैलोमा व्यस्त रहने छन् ।