म जनताको काम गर्ने नोकर हुँ : नेता बिष्ट - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

म जनताको काम गर्ने नोकर हुँ : नेता बिष्ट



टोपलाल अर्याल
गुल्मी : शुक्रबार बिहान देखि चुनावी दौडाहमा निस्किएका गुल्मी क्षेत्र नं २ का उमेदवार गोकर्ण बिष्ट जनताका घरदैलोमा व्यस्त छन् । उनले पार्टीका चुनावी सभा, व्यक्तिका घरदेखि खेत र बारीसम्म पुगेर मतदाता माझ भोट मागि रहेका छन् । शनिबार मुसिकोट नगरपालिका ८ र ९ का विभिन्न कार्यक्रमलाई संबोधन गर्दै उनले आफु अहिलेसम्म जनताकै सेवामा लागेकाले बाँकी राजनैतीक जीवन पनि उनीहरुकै लागि सर्मपित गर्ने बताए ।

जनताको काम गर्ने नेता नोकर हो,म संग जनताको जिम्मेवारी र भविष्य छ,‘उनले भने,‘काम नगर्ने तर पान पसलमा बसेर कुरा काट्नेका पछि म दौडिन्न ।’ अहिलेसम्म आफुलाई मत दिने र नदिने भनेर कसैलाई भेद्भाव नगरेको समेत उनले बताए । ‘जनता देवाता हुन पक्षपात हुन दिदैन,’उनले भने,‘ म गठबन्धनको मात्र उमेदवार हैन, कांग्रेसको पनि हो । त्यसैले सहयोग गर्नुस ।’
जनतालाई स्वच्छ खानेपानी, अध्याँरो बस्तीमा बिजुली, अकालमा ज्यान गुमाउनेका लागि अस्पताल, बिद्यालय जान नपाउनेका लागि बिद्यालय, गरिव नेपालीको देशलाई सुखी र धनी नेपालीको देशका रुपमा बदल्नको लागि बाम तालमेल भएको उनले बताए ।
नेता विष्टले अब हुने निर्वाचनको संभावित परिणामबाट कांग्रेस एक्लिदै गएको बताए । यो गठबन्धन भोलीको एकता भएकाले भोलीको विकासको राजमार्ग कोर्नकै लागि गठबन्धनले दुई तिहाई मत ल्याउनुपर्नेमा जोड दिए ।
नेपालमा ब्याप्त गरिबीको अन्त्य, पिछडिएका जनताको आर्थिक स्तर माथी उकास्न, स्वरोजगारको सृजना तथा विकासका पुर्वाधारको समुचित विकास गरि समृद्धकै लागि आफ्नो उमेदवारी भएको उनले बताएका छन् । उनले जिल्लाको विकास निर्माणबारे आफु कहिल्यै बिमुख नभएपनि पुराना योजनाको निरन्तरता र थप नयाँ एजेण्डाहरु पुरा गर्न जनताको साथ पुन चाहिएको बताए ।

उनले क्षेत्र नं २ मा सुविधा सम्पन्न टेक्निकल कलेज, बिभिन्न स्थानमा ताल निर्माण, सडकहरुको स्तरउन्नती तथा कालोपत्रे, रेसुङ्गा बिमान स्थलको पुर्णता तथा रेसुङ्गामा केवुलकार निर्माण लगायतलाई नयाँ एजेण्डाका रुपमा प्रस्तुत गरेका छन् ।

साथै उनले अहिलेको जिल्ला अस्पताललाई सुविधा सम्पन्न बनाउने, कुनै पनि बिद्यार्थीलाई कापी कलम किन्न नसकेर पढाईबाट बञ्चित हुने नदिने, प्रभावकारी बिद्युत बिस्तार, खरका छाना मुक्त गर्ने कार्यमा आफु दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।