बुटवल श्री प्रथम प्रदेश स्तरीय शारीरिक सुगठन प्रतियोगिताको तयारी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बुटवल श्री प्रथम प्रदेश स्तरीय शारीरिक सुगठन प्रतियोगिताको तयारी



बुटवल । जगदम्बा बुटवल श्री प्रथम प्रदेश स्तरीय प्रतियोगिता बुटवलमा हुने भएको छ।

रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ बुटवलको आयोजनामा आषाढ ९ गते कान्ति सभा गृहको हलमा हुने प्रतियोगितामा प्रदेश नं ५ का बांके दांग बर्दिया पाल्पा, रुपन्देही, नवलपरासी र कपिलबस्तुका खेलाडिहरुको सहभागिता हुने छ । आयोजकले आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारी सुरु भएको बताएको छ ।

रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ बुटवलका अध्यक्ष सितु प्रसाद श्रेष्ठले स्वच्छ जीवनका लागि प्रतियोगिताको आयोजना गरिएको युवाहरुलाई यस खेल तर्फ आर्कषित गर्दै दुव्र्यशनमुक्त समाजको निर्माणका लागि प्रतियोगिताको आयोजना गरिएको बताउनु भयो ।

प्रतियोगितामा विजेताले बुटवल श्री –२०७५ को उपाधि सहित नगद ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा ५ वटा बजन समुहमा हुने बताइएको छ ।५५, ६०, ६५, ७०, ७०के।जी भन्दा बढि तौल समुहमा प्रतियोगिता हुनेछ । यस पटकको बिशेष प्रस्तुति मिष्टर एशिया महेश महर्जनको डेमो रहने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो।

०६५ सालमा भएको प्रथम बुटवल श्रीमा विकाश चौधरी, ०६८ सालमा भएको दोस्रो बुटवल श्रीमा शेर बहादुर खाम्चा, ०७० सालमा भएके तेस्रो बुटवल श्रीमा विनोद बज्राचार्य र ०७२ सालमा भएको चौथो बुटवल श्रीमा विजेन्द्रमान श्रेष्ठ र पाचौं र छैठौंमा तारा बहादुर थापा विजेता हुनु भएको थियो ।