ब्राह्मण समाजको वार्षिकउत्सबमा बुटवलमा सहयोग - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

ब्राह्मण समाजको वार्षिकउत्सबमा बुटवलमा सहयोग



बुटवल, १ पौष । समाजिक सञ्जाल फेसबुक पेज ब्राह्मण समाजको पहिलो वार्षिकोत्सवको अवसरमा रुपन्देही कार्यसमितिले सहयोग प्रदान गरेको छ ।

रुपन्देही कार्य समिति रुपन्देहीको आयोजनामा बुटवल देबिनगरमा रहेको नेपाल अपाङ्ग आश्रममा सम्पन्न भएको कार्यक्रममा आश्रममा जिन्सी सहयोग समेत गरीएको थियो ।

आश्रममा रहेका २८जना अपाङ्गहरुलाई खाना खुवाईएको कार्यक्रममा आश्रमको तर्फबाट बोल्दै डोल बहादुर रमझनले यस्ता सहयोगले आश्रमका बालबालीको मनोबल बृद्वि हुने बताए ।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य तथा सल्लाहकार अञ्जु ज्ञवालीले सबैको साथ र सहयोगले संस्थालाई अगाडि बढाउँदै लगीएको बताईन् । उनले यो ग्रुपको नाम मात्र ब्राह्मण समाज रहेको बताउँदै यसले सबै जाती तथा धर्मका ब्यक्तिलाई आवश्यक परे सहयोग प्रदान गर्ने बताईन् ।

कार्यक्रममा रुपन्देही जिल्ला अध्यक्ष लक्ष्मि ज्ञवाली, हरी आचार्य, केसब सर्मा, निलम अधिकारी, मोहन घिमिरे लगायतले बोलेको कार्यक्रमको सञ्चालन टिआर पौडेलले गरेका थिए ।


चितवन जिल्लाबाट सञ्चालन प्रारम्भ भएको फेसबुक ग्रुप ब्राह्मण समाज रुपन्देही जिल्लामा बिस्तार भएसंगै बिभिन्न समयमा बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।