बृहत् घोडाघोडी साँस्कृतिक महोत्सवमा दर्शकको बाक्लो उपस्थिति - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बृहत् घोडाघोडी साँस्कृतिक महोत्सवमा दर्शकको बाक्लो उपस्थिति



विशाल पाण्डेय
सुखड , कैलाली ।।

शिक्षा तथा प्राकृतीक बिकास मञ्च सुखडको आयोजनामा सुरु भएको बृहत् घोडाघाडी साँस्कृतीक
महोत्सवमा सोमबार दर्शकको बाक्लो उपस्थिति रहेको थियो ।

बिशेषगरि सोमबार माघे संक्रान्ति पर्व तथा रास्ट्रिय कलाकार राजेन्द्र भट्ट (Mr. RJ) आउने हुँदा बढी भिड भए पनि मौसम खराबीका कारणले जहाज नउड्दा Mr. RJ नआएको महोत्सव संयोजक नबिन क्षेत्रीले बताए । Mr. RJ को प्रस्तुति रहेने भनिए पनि Rj को उपस्थिति नरहदा उपस्थित दर्शक भने केही आक्रोशित भएका थिए । त्यस्तै १३० किसिमको विभिन्न थरिका आवाज निकाल्न सक्ने दिपेन्द्र वलिले दर्शकलाई हसाउदै विभिन्न आवाज निकालेर चकित समेत पारेका थिए ।

“शिक्षा ,संस्कृती , प्रर्यटन र व्यापार घोडाघोडी नगर समृद्धीको आधार ” भन्ने मुल नाराका साथ बृहत्  घोडाघाडी साँस्कृतीक महोत्सवमा सोमबार टिकटमा मात्र २ लाख भन्दा बढीको कारोबार भएको आयोजकले हिमाल पोस्ट जानकारी दिएको छ ।

पुस ४ गते सम्म चल्ने महोत्सवमा टुहुरा वालवालिका, अपांगता ,वृद्धबृद्धाहरुका लागि सहयोग गर्ने मुख्य उदेश्यले महोत्सव शुरु भएको हो । मेलामा मगर गाँउ अवलोकन गर्न सकिने तथा मगर समुदायका विभिन्न परिकारहरु खान समेत पाइने आयोजकले बताएको छ ।

आज रास्ट्रिय कलाकार र्‍यापर तथा गाएक बादल थापा , लोकपप गाएक रोशन सिंह , मोडल रिना थापा लगाएत अन्य कलाकार तथा स्थानिय कलाकारहरुको बेजोड  प्रस्तुती रहने आयोजकले जनाएको छ।