अर्घाखाँचीका स्थानिय तह भाडामा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अर्घाखाँचीका स्थानिय तह भाडामा



घनश्याम पौडेल : सन्धिखर्क । अर्घाखाँची जिल्लामा गाउँपालिका र नगरपालिकाको सङ्ख्या ६ वटा भए पनि साधनस्रोतले सम्पन्न सन्धिखर्क जिल्लाको पहिलो तथा पुरानो नगरपालिका हो । ०७१ सालमा स्थापना भएको सन्धिखर्क नगरपालिकाको आफ्नै पक्की भवन छ । सन्धिखर्क नगरपालिका बाहेक अन्य स्थानिय तहहरु भाडामै सञ्चालीत छन ।

सन्धिखर्क नगरपालिकाका ३ वडा कार्यालय भाडाँमा सञ्चालीत छन, उप्रपमुख ठाकुर कुमार विकले दिएको जानकारी अनुसार वडाहरु ३, ६ र १२ भाडाँमा रहेका छन, अन्य ९ वटा वडाहरु भाडा नतिरिकन सञ्चालीत छन ।

गाउँगाउँमा स्थापना भएका स्थानिय तहहरु मध्येको मालारानी गाउँपालिकाले मासिक २० हजार भाडाँ तिरेको प्रमुख प्रशासकिय अधिकृत जनकराज पन्थीले जानकारी दिए । गाउँपालिकाले हलसहित ८ वटा कोठा खनदहमा गाउँपालिका कार्यालय सञ्चालनका लागी लिएको छ, पन्थी भन्छन्, गाउँपालिका मात्र होईन वडा कार्यालयहरु पनी भाडामा छन, पालिकाका २, ७ र ८ वडाहरु भाडाँमै सञ्चालीत छन, आफ्नै भवन छैन, मासिक एक वडाको ३ हजार भाडा रहेको छ ।

छत्रदेव गाउँपालिका पनी भाडामै सञ्चालीत छ । हलसहित १३ कोठा रहेको छत्रदेवले पनी दुईवटा भवन भाडामा लिएको छ । मासिक एक भवनको करबाहेक २० हजार र अर्को भवनको करसहित ७ हजार गरी करिव २७ हजार भाडा तिरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले बताए । उनले गाउँपालिकाको वडा नम्बर ३ ले मासिक ३ हजार तिरेर भाडाँमा सञ्चालीत छ । अर्को ६ नम्बर वडा आफ्नो भवनमा नपुगेर २ कोठा भाडामा लिएको छ, जसको भाडा ३ हजार रहेको छ, पन्थले भने ।

जिल्लाको पाणिनी गाउँपालिका पनी भाडाँमै छ । गाउँपालिका केन्द्र, विभिन्न शाखाहरु र दुई वडा कार्यालय ७ अड्गुरी र ८ पाली सहित मासिक ५० हजार भाडाँ तिरेका छौ, पालिकाका प्रशासकिय अधिकृत मधुकृष्ण पौडेलले भने । वडा कार्यालयहरुको भाडाँ तिन तिन हजार रहेको छ ।

शितगंगा नगरपालिका पनी भाडाँमै सञ्चालीत छ । शितगंगामा सवै शाखाहरु सहित करिव ५० हजार भाडाँ तिरेका छौ, प्रशासकिय अधिकृत हरिनारायण बेल्वासेले भने । १४ वडा रहेको शितगंगाका ६ वटा वडा कार्यालयहरु पनी भाडामै चलेका छन, यहाँका वडाले न्युनतम २२ सय देखी ३ हजार सम्म भाडा तिरेका छन । जिल्लाको भुमिकास्थान नगरपालिकामा कसरी सञ्चालन भएको छ, सो विषयका यहाँका सरोकारबालाहरु टेलीफोन सम्पर्कबाट टाढिए ।