बागलुङ महोत्सवको मुख्य आकर्षण ‘उँटको नचरी’ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बागलुङ महोत्सवको मुख्य आकर्षण ‘उँटको नचरी’



बागलुङ । आगामी पुस १३ बाट आयोजना हुने बागलुङ महोत्सवमा विशेष आकर्षकको रुपमा उँट ल्याइने भएको छ । ‘कला संस्कृतिको संरक्षण, कृषि, पर्यटन, उद्योग तथा व्यापारको प्रवद्र्धन’ प्रदेश नं ४ स्तरीय कृषि पर्यटन औद्योगिक व्यापारमा मेलाका अवसरमा पहाडमै पहिलो पटक महोत्सवमा ल्याइन लागिएको उँट भारतको राजस्थानबाट ल्याइने बताइएको छ ।

वि.जी गु्रप गुल्मीका शिव गौतमको समुहले उँट बागलुङ महोत्सवमा ल्याउन लागेको उँट व्यवस्थापन समितिका संयोजक पूर्णबहादुर केसीले बताए । ‘मरुभूमिमा पाइने उँट पहाडमा ल्याउन लागेका छौँ ।

अहिले बुटबल उद्योग बाणिज्य संघ र गोरखा महोत्सवमा उँट ल्याइएको छ । पुस १५ गते तालिम प्राप्त उँट बागलुङ महोत्सवमा ल्याउने तयारी छ ।’ केसीले बताए । ६ जनाको एक समुहले उँट बागलुङ ल्याउन लागेको उनले बताए ।

२० प्रतिशत आयोजकलाई

तालिम प्राप्त उँटले संगीतको धुनमा नृत्य गर्नेछ । उँटको नृत्य हेर्न दर्शकले छुट्टै टिकट लिनुपर्ने छ । टिकट वितरणका लागि उँट ल्याउने समुहले नै टिकट कटाउने छ । टिकट आम्दानीको आधारमा २० प्रतिशत बागलुङ उद्योग बाणिज्य संघलाई आउने केसीले बताए

महोत्सव अवधिभर उँट नचाइने

बागलुङ महोत्सव अवधि भर उँटको नृत्य देखाइने छ । उँट नचाउन चाहिने १३÷४५ फिट र टिनले बारेको जग्गा आवश्यक पर्ने केसीले बताए । त्यस्का लागि विद्यालय बन्द भएको खण्डमा बालमन्दिर आधारभूत विद्यालयको प्राङ्गणमा गराइने बताए । तालिम प्राप्त उँट ‘माया जैले रिसाउनी, कैलो होला माया सँग माया मिसाउने‘ र अन्य बोलका गीतहरुका नृत्य गर्ने केसीले बताए ।

कला, संस्कृति बचाउन उँट नाच

हराउँदै गएको नेपाली कला र संस्कृतीको पहिचान कायम गर्न उँट नाँच गर्न लागिएको आयोजकले जनाएको छ । खासगरी नेपालको तराइ तथा मरुभूमिमा सिमित उँट पहाड सम्म ल्याउन सकिने रहेछ भन्ने सन्देश सँगै आम दर्शकहरुलाई आकर्षित गर्न उँट नृत्य देखाइने लागेको उद्योग बाणिज्य संघका अध्यक्ष तथा बागलुङ महोत्सव—२०७४ का मूल संयोजक जयराम भारीले बताए । महोत्सव धवलागिरी बहुमुखी क्याम्पसको प्राङ्गणमा हुने जनाइएको छ ।