अर्घाखाँचीमा कृतिम गर्भाधानले दुध उत्पादमा वृद्धि - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अर्घाखाँचीमा कृतिम गर्भाधानले दुध उत्पादमा वृद्धि



सन्धिखर्क। अर्घाखाँचीका कृषकहरु कृतिम गर्भाधानप्रति उत्साहित भएका छन् । गाई र भैसीको कृतिम गर्भाधान गर्न थालिएको छोटो समयमा नैै कृषकहरु उत्साहित भई कृतिम गर्भाधान गराउन थालेका हुन् । घरपालुवा गाई र भैंसीमा प्रभावकारी ढंगबाट कृतिम गर्भाधान गराइ नश्ल सुधार गर्दै व्यवसायिक पशुपालनमा अभिरुचि जगाउने उद्देश्यले सेवा सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

जिल्लामा गतवर्ष विभिन्न स्थानमा ४ हजार ६ सय ५२ वटा गाई भैसीमा कृतिम गर्भाधान गरिको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. लोकनाथ पौडेलले बताए ।

सँख्यात्मक रुपमा धेरै रहेका कम उत्पादनशील पशुको कृतिम गर्भाधानको माध्यमद्वारा उत्पादकत्व वृद्धि गराउन सेवा कृतिम गर्भधान सुरु भएको हो । प्रमुख डा. पौडेलले भने गतवर्ष भन्दा ४० प्रतिशत वृद्धि गरेर ७ हजार पु¥याउँने लक्ष्य रहेको छ, विशेष गरेर दुध उत्पादीत क्षेत्र दुर्गाफाट, पटौटी, धातिवाङ्ग, बेलाहा, ठुलापोखरा, सन्धिखर्क नगरपालिका, वाँगी लगाएतका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ, जसका लागी जिल्लाभर १० जना प्राविधिकहरु विशेष तालिम लिएर फिल्डमा खटिएका छन।

कृतिम गर्भाधानको माध्यमले पाडो तथा बाच्चा जन्मीदैनन् कृषकलाई पनी सहज भएको छ, अहिले पाडो तथा बाच्छा जन्मीने समस्या हराएको छ । आर्थिक हिसावले रागो भैसीलाई लगाउँदा कम्तीमा १००० शुल्क छ, कृत्रिम गर्भाधान सेवा केन्द्रमा ल्याएमा शुल्क २५ हो, अन्यथा कार्यालय समय बाहिर प्राविधिकहरु घरमै जानपरेमा कृषकहरुसँगको सल्लाहमा ४००/५०० शुल्क लिने गरेका छन, कृत्रिम गर्भाधानको वीर्यबाट उत्पादन भएका पाडी तथा बाच्चीहरु पनी उन्नत हुन्छ, दुध पनी धेरै आउँछ प्रमुख डा. पौडेलले भने ।

पौडेलले कृषकहरुलाई आग्रह गर्दै भैसी तथा गाई कराएको १२ देखी १८ घण्टाको समयमा कृत्रिम गर्भाधानबाट वीर्यको प्रयोग गरेमा मात्रत्र गर्भ बस्न सक्छ, अन्यत्रा समय ढिला हुन गएमा गर्भ बस्दैन, यसमा ध्यान दिन कृषकलाई उनले आग्रह गरे । जिल्लामा गाई भैसी सँगै उन्नत जातका बोकाबाट बाख्राहरुलाई गर्भाधान गराउँदै आएको प्रशस्तै पाईन्छ ।

कृषकको तीव्र माग तथा प्रविधीको प्रयोग बढ्दै गएपछी कृतिम गर्भाधान सेवा सञ्चालनमा ल्याईएको जिल्ला पशु सेवा कार्यालय अर्घाखाँचीले जनाएको छ ।