आज सामजिक संजालमा ब्यापक खिल्ली उडाईएको तस्बिर ! खास के छ त् ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

आज सामजिक संजालमा ब्यापक खिल्ली उडाईएको तस्बिर ! खास के छ त् ?



काठमाडौं, भदौ ३१ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै उहाँकी धर्मपत्नी सीता दाहाल पनि यतिबेला भारतमा हुनुहुन्छ । प्रधानमन्त्रीसँगै उहाँ पनि भेटघाट र घुमफिरमा व्यस्त हुनुहुन्छ । प्रधानमन्त्रीको भ्रमणलाई जस्तै त्यहाँको भेटघाटकातस्बिर र खबरलाई पनि धेरैले महत्वका साथ हेरेका छन् । शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रचण्ड र उहाँकी धर्मपत्नी सीतालाई स्वागत गर्दा देखिएको तस्बिरले भने धेरैलाई दिक्क बनाएको छ । तस्बिरमा मोदीले प्रचण्डलाई दह्रोसँग हात मिलाएर स्वागत गर्नुभएको छ । छेउमा प्रधानमन्त्रीकी धर्मपत्नी सीता पनि हुनुहुन्छ ।

दुई प्रधानमन्त्रीले कसिलोसँग हात मिलाउँदै हँसिलो मुहार बनाउँदा सीता भने हाँस्न पनि सक्नुभएको छैन । उहाँ हात बाँधेर उभिनुभएको छ र तस्बिर खिच्ने फोटोग्राफर भएतिर हेर्नु भएको छ । तर सीताले भने मन नपरेजस्तो अनुहार बनाउनुभएको छ र उहाँलै अन्यत्रै हेर्नु भएको छ । कपडासमेत मिलाएर लगाउन नजानेको हो कि जस्तो देखिन्छ । यसअघि दाहाल प्रधानमन्त्री नियुक्त हुँदा लाजिम्पाटको निवासमा सामुहिक तस्बिर लिँदा समेत सीताको अनुहार यस्तै देखिन्थ्यो । त्यो बेला पनि सीताले अनुहार मिलाउन जान्नुभएन भनेर आलोचना भएको थियो ।

त्यसो त सबै मान्छे खुलेर हाँस्न सक्दैनन् । प्रचण्डकी धर्मपत्नी सीता पनि यही स्वभावको मान्छेमा पर्नुहुन्छ । तर महत्वपूर्ण भेटवार्ताको बेला सहभागी हुँदा प्रस्तुति पनि त्यसै अनुसारको हुनुपर्छ नि भन्ने धेरैको सुझाव हो ।

गर्नुपर्ने के थियो त ?

विशेषत यस्ता भेट औपचारिक हुने हुँदा भेटघाटमा सहभागी हुनेहरुले पनि औपचारिक व्यवहार देखाउनु पर्छ । प्रचण्ड, सीता र मोदी भएको जुन तस्बिर सार्वजनिक भएको छ । यो समारोह तस्बिर खिच्नकै लागि भएको थियो । त्यसैले सीताले तस्बिर पनि खिचिँदै छ भन्नेतिर ध्यान दिनु पर्ने हो । दुई देशका प्रधानमन्त्रीले एक अर्कासँग हात मिलाउँदा प्रधानमन्त्री पत्नि सीताले हात बाँधेर बस्ने होइन कि हात तल झार्नु पर्थ्यो । जस्तो ६ महिनाअघि यस्तै समारोहमा केपी ओली र मोदीबीच भेट हुँदा ओली पत्नि राधिकाले गर्नुभएको थियो । दुई देशका प्रधानमन्त्रीले हात मिलाएको अवसरलाई विशेष बनाउन सीताले ताली बजाउन पनि सक्नुहुन्थ्यो । यस्तो बेलामा सीता दाहालले ध्यान पनि प्रधानमन्त्रीहरुले हात मिलाएको तिर हुनु पर्थ्यो । उहाँले आफ्ना पतिको अनुहार तिर हेर्न सक्नुहुन्थ्यो । यस्तै फोटो खिच्ने क्यामेरातिर हेर्ने अर्को बिकल्प पनि उहाँसँग थियो । औपचारिक समारोहमा कसरी प्रस्तुत हुने भनेर विशिष्ट व्यक्तिहरुलाई सल्लाह र सुझाव दिने व्यक्तिहरुसमेत खटिएका हुन्छन् ।

साभार उज्यालो नेटवर्क