सडकमा निस्किइन् ऋचा स्कुटीमा यात्रु ओसार्न - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सडकमा निस्किइन् ऋचा स्कुटीमा यात्रु ओसार्न



अभिनेत्री ऋचा शर्माले शुक्रबार नयाँ अनुभव गरिन् । ऋचाले फिल्म प्रचारका लागि स्कुटीमा यात्रुलाई बोक्ने काम गरिन् । उनीसँग, यो काममा टूटलले साथ दिएको थियो । टूटल राजधानीमा अनलाइनमार्फत मोटरसाइकल तथा स्कूटीमा यात्रुलाई गन्तव्यसम्म पुर्याउने माध्यम बन्दै आएको छ । ऋचाले शुक्रबार ३ जना यात्रुलाई बोकेको बताइन् । उनले, यात्रुलाई गन्तव्यमा पुर्याने क्रममा फिल्म ‘सुनकेशरी’को बारेमा कुराकानी गरेकी थिइन् ।

ऋचासँग स्कुटीमा बस्न पाउँदा यात्रुहरु पनि खुशी देखिए । उनीहरुले ऋचालाई फिल्म हेर्न वाचा समेत गरेका छन् । यो फिल्म शुक्रबारदेखि रिलिज हुँदैछ । फिल्मलाई अर्पण थापाले निर्देशन गरेका हुन् । अष्ट्रेलियामा खिचिएको फिल्मलाई हरर भनेर प्रचार गरिएको छ । फिल्ममा ऋचा शर्मा, रविन्द्र झा, सन्नी ढकाल, लारेन लाफवर्गको मुख्य भूमिका छ ।फिल्म एक्लै हेर्ने दर्शकलाई नगद ५ हजार पुरस्कार दिने निर्माता समेत रहेकी ऋचाले बताइसकेकी छिन् ।