विश्वकप: १८ मिनेटमै ३ गोल, बेल्जियम २- ट्युनिसिया १ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

विश्वकप: १८ मिनेटमै ३ गोल, बेल्जियम २- ट्युनिसिया १



विश्वकप फुटवलमा अहिले भैरहेको ट्युनिसिया र बेल्जियमको खेलमा सुरुको १८ मिनेटमै तीन गोल भएको छ । समूह जी को यो खेलमा बेल्जियमले २–१ को अग्रता बनाएको हो ।

खेलको ११ औं मिनेटमा पेनाल्टि पाएपछि बेल्जियमका लागि इडन हजार्डले गोल गरे । यस्तै १६ औं मिनेटमा लुकाकुले गोल गर्दै अग्रता दोब्बर पारे । तर १८ औं मिनेटमा ट्युनिसियाले अग्रता घटायो । ट्युनिसियाका लागि १८ औं मिनेटमा डिलान ब्रोनले गोल गरे ।

पहिलो खेलमा पानामालाई ३–० ले पराजित गरेको बेल्जियम आजको खेलमा जीत निकाल्न सके अघिल्लो चरणमा प्रवेश गर्ने छ । भने यो नतिजाले ट्युनिसिया बाहिरिने छ ।

यहि समुहमा इङ्ल्याण्ड र पानामा पनि रहेका छन् । उनीहरुको खेल आइतबार हुँदै छ ।