यसकारण उत्कृष्ट बलर साबित भए सन्दिप - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

यसकारण उत्कृष्ट बलर साबित भए सन्दिप



काठमाण्डौ । नेपालका सन्दिप लामिछानेले आईपीएलको डेब्यू खेलमा विकेट लिएका छन् । दिल्ली डियरडेभिल्समा आवद्ध उनले शनिबार रोयल च्योलेन्जर्स बैंग्लोरविरुद्ध डेब्यू गरेका थिए ।

पहिलो खेलमा नै सन्दिपले किफायति बलिङ गर्दै एक विकेट लिन सफल भए ।

टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १८१ रन बनायो । रिसव शर्मा पन्तले ६१ रन बनाउादा अभिशेक शर्माले डेब्यू खेलमै अविजित ४६ रन बनाए ।

बैंग्लोर जवाफी ब्याटिङमा उत्रँदा दिल्लीका कप्तान श्रीयस ऐयसले सन्दिपलाई पहिलो ओभरमा नै बलिङ गर्न लगाएका थिए ।

पहिलो ओभरमा ६ रन दिएका सन्दिपले आफ्नो दोस्रो ओभरको चौथो बलमा पार्थिव पटेललाई ६ रनमा एलबीडब्लू धरापमा पारे ।

उनले कूल ४ ओभरमा २५ रन दिए । दिल्लीका तर्फबाट पाँच जनाले बलिङ गरेकोमा सबैभन्दा कम रन सन्दिपको बलबाट निस्केको थियो ।

सन्दिपको बलमा बैँङ्लोरका कप्तान विराट कोहोलीले बाउन्ड्री प्रहार गर्न सकेनन् भने एबिडी भिल्लियर्सले एक छक्का प्रहार गरेका थिए ।

१,सन्दिप ४ ओभर २५ रन १ विकेट १ छक्का २ चौका
२,बोल्ट ४ ओभर रन २ विकेट ३ छक्का २ चौका
३,डाला ३ ओभर ३४ रन ० विकेट २ छक्का ३ चौका
४,पटेल ४ ओभर ५१ रन १ विकेट २ छक्का ६ चौका
५,मिश्रा ४ ओभर ३३ रन १ विकेट २ छक्का १ चौका

तर, उनको टिम बैंग्लोरसँग ५ विकेटले पराजित भएको छ र प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।