विश्वकप: उरुग्वे र इजिप्टबीचको खेल सुरु - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

विश्वकप: उरुग्वे र इजिप्टबीचको खेल सुरु



एजेन्सी । विश्वकप फुटबलको समूह ‘ए’ अन्तर्गत उरुग्वे र इजिप्टबीचको खेल सुरु भएको छ । रसियाको इकान्टेरिनवर्ग एरिनामा (सेन्ट्रल स्टेडियम) दुई टिमबीचको खेल सुरु भएको हो ।

दुबै टिम आफ्नो पहिलो खेलमा नै जित हात पार्दै विश्वकपमा शुखद सुरुवात गर्ने दाउमा रहेका छन् । उरुग्वेले विश्वकपको २ पटक उपाधि उचाली सकेको छ । त्यस्तै, इजिप्ट भने अहिलेसम्म २ पटक मात्रै विश्वकप खेलेको छ भने यो उसको लागि तेस्रो विश्वकप हो । इजिप्टका चर्चित फरवार्ड मोहम्मद सलाह प्लेयिङ इलाभेनमा परेका छैनन् । चोटका कारण उनी मैदान बाहिर रहेका हुन् ।