भैरहवाबाट सिमेन्ट लिएर काठमाडौँका लागि छुटेको ट्रक त्रिशूली नदीमा खस्यो - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

भैरहवाबाट सिमेन्ट लिएर काठमाडौँका लागि छुटेको ट्रक त्रिशूली नदीमा खस्यो



काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट–रोराङ गाउँपालिका– १०, जोगीमाराबाट शुक्रबार राति त्रिशूली नदीमा एक ट्रक खस्दा दुई जना हराइरहेका छन् ।

भैरहवाबाट सिमेन्ट लिएर काठमाडौँका लागि छुटेको ना५ख ३४१५ नं को ट्रक सडकबाट ९० फिट तल त्रिशूलीमा परेर हराएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले जानकारी दिए । न

दीमा परेर सिन्धुपाल्चोक, बाह्रबीसेका ट्रक चालक २७ वर्षीय टोपबहादुर श्रेष्ठ र सहचालक १९ वर्षीय तुलसी दुलाल हराइरहेका छन् । नदीमा ट्रकसमेत डुबेको अवस्था छ ।

सो दुर्घटनामा घाइते भएका एक जनाको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको छ । बेपत्ता भएकाको खोजी भइरहे पनि नदी बढेकाले कठिनाइ भएको प्रहरीले जनाएको छ ।