थ्री इडियट्स-२ बन्दै, कलाकार को ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

थ्री इडियट्स-२ बन्दै, कलाकार को ?



काठमाडौं। ३ इडियट्सका पारखीहरुलाई अर्को खुसिको खबर आएको छ । यदि सबैकुरा जिन्दगीमा यसरी नै चलिराख्योभने यो फिल्म बनाउने विचारमा पुगिसकेका छन यस फिल्मका निर्देशक राजकुमार हिरानी ।

राजकुमार हिरानी निर्देशित यो फिल्म भारतीय ईन्जिनियर कलेजका तीन बिद्यार्थीबीचको मित्रता र शिक्षाको बारेमा आधारित छ । बेस्ट फिल्म अर्वाड र तीन वटा राष्ट्रिय चलचित्र अवार्ड पाईसकेको यो फिल्मको मुख्य भुमिकामा आमिर खान, आर माधवन र शर्मन जोशीका साथमा करिना कपुर, बोमन ईरानी र आमी बैद्यले धेरे नै सुन्दर र बेजोड अभिनय प्रस्तुत गरेका थिए ।

चेतन भगतको उपन्यासमा आधारित यो फिल्म २००९ मा प्रर्दशनमा आएको थियो । बलिउड बक्स अफिसमा धमाका मच्चाउन सफल यो फिल्मको भाग–२ बनाउन राजु हिरानीले कलम चलाउन सुरु गरिसकेका छन । हिरानीले बनाउन गैरहेको यस फिल्ममा राजुको भुमिकामा कसलाई लिने भन्ने कुरा सोचिरहेका छन ।

हालसालै संचारमाध्यम संगको अन्तरक्रियामा रणबिर कपुरसंग सोधिएको प्रश्नमा तपाई ३ ईडिएट्सको भाग–२मा कामगर्न चाहानुहुन्छ ? भनेर प्रश्न गर्दा उनले अहिलेनै आँँखाबन्द गरेर भन्ने जस्ता उत्तर दिएका थिए ।

राजुसरले जे भन्नुहुन्छ म त्यो आँखा बन्दगरेर काम गर्न सक्छु, मलाई यसबाट कुनै फरक पर्देन । उनले जे बनाएपनि म त्यसको अंशबन्न चाहान्छु ।

आजभोली रणबीर संजय दत्तको जिवनिमा आधारित फिल्म ‘सञ्जु’’ को प्रमोसनमा ब्यस्त छन । ‘सञ्जु’’ को निर्माण राज’ हिरानीले नै गरेका हुन ।