ठमेलमा होस् गर्नुस, तेस्रोलिङगीले लुट्लान ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

ठमेलमा होस् गर्नुस, तेस्रोलिङगीले लुट्लान ?



काठमाडौं– काठमाडौंको ठमेलमा बिहिबार तेस्रोलिङगीहरुले लुटपाट आतंक मच्चाएका छन्।

ठमेलस्थित संचयकोष चोक नजिक गल्लीमा लुटपाट गरेका हुन्। लुटपाटमा संलग्न एक जना पक्राउ परेकी छिन् भने ४ जना भागेका हुन्। लुटपाटमा संलग्न लाजिम्पाट बस्ने चितवन भरतपुर–२ की २० वर्षीया नितसा परियारलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

 तेस्रो लिङगी बताउने नितसा समेतका ५ जनाले सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१२ बस्ने ३४ वर्षीय सोमराज घलानको साथमा रहेको नगद १ लाख २५ हजार लुटेका हुन्। भाग्ने क्रममा परियारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनको साथबाट लुटिएको रकममध्ये ३२ हजार रुपैयाँ बरामद भएको छ। अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ। घलानसँग नजिकिएर उनीहरुले लुटेका हुन्।

ठमेल र दरबारमार्ग क्षेत्रमा तेस्रोलिङगीहरुले बारम्बार लुटपाट गर्ने प्रहरी अधिकारीहरु बताउँछन्।