स्याङ्जाली सम्पर्क मञ्चद्वारा माघेसंक्रान्तिको भेटघाट कार्यक्रम दिल्लीमा सम्पन्न - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

स्याङ्जाली सम्पर्क मञ्चद्वारा माघेसंक्रान्तिको भेटघाट कार्यक्रम दिल्लीमा सम्पन्न



नयाँ दिल्ली 

भारतको नयाँ दिल्ली स्थित स्याङ्जाली सम्पर्क मञ्चको भेटघाट कार्यक्रम सम्पन्न भएको छ  ।  उक्त भेटघाट माघेसंक्रान्तिको अवसर परेर गरिएको थियो  ।  संस्थाका अध्यक्ष तुलसी ढकालको सभापतित्वमामा सम्पन्न उक्त कार्यक्रम मुख्य अतिथि नेपाल पत्रकार महासङ्घ भारत शाखाका अध्यक्ष लोकेश शाह आर्यन रहेका थिए  । 

कार्यक्रममा नेपाल अवाज दैनिकका सञ्चालक देवेन्द्र कुँवर ,पशुपति सम्पर्क मञ्चका अध्यक्ष रमेश शर्मा ,प्रभु बकैका भारत प्रतिनिधि सुनिल मिश्र ,एव्रेष्ट बैकका भारत प्रतिनिधि भारत कार्की ,ग्लोबल अईएमी भारत प्रतिनिधि दिपेन्द्र ढकाल ,गुरुङ समाजका महासचिव खुम गुरुङ ,नेपाल भारत मैत्री बस सेवाका टोप प्रसाद शर्मा  र अन्य भारतमा रहेका सङ्घ संस्थाका प्रतिनिधिको उलेख्य उपस्थिति रहेको थियो  । 

उपस्थित अतिथिहरूले माघेसंक्रान्तिको शुभकामना प्रदान गर्दै संस्थाको प्रगतिको शुभकामना पनि दिएका थिए  ।

कार्यक्रममा संस्थाको तर्फबाट बोल्दै अध्यक्ष ढकालले  संस्थाका आगामी  उद्धेश्य र कार्यक्रमको बारेमा थप जानकारी दिएका थिए   भने उनले नेपाली संस्कृतिको जगेर्ना गर्दै बिसुद्ध गैर राजनैतिक संस्था भएको प्रकाश पारेका थिए । 

कार्यक्रम नेपाल आवाज दैनिक पत्रिकाको सभाहल तीस हजारीमा संस्थाका  उपाध्यक्ष दिपेन्द्र ढकालको संचालमा सम्पन्न भएको थियो ।