स्नेहा र बलेको काग दाजैमा कमाल - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

स्नेहा र बलेको काग दाजैमा कमाल



उदियमान नायिका स्नेहा र भद्रगोलका बलेले काग दाजै भन्ने गीतमा कमाल गरेका छन् । नेपाली साङ्गीतिक बजारमा एक पछि अर्को हिट गीतको होड चलेका बेला बजारमा आएको यो फरक शैलीको गीत हो ।

गीतहरू छानेर मात्र काम गर्ने स्नेहा पौडेलले केही चलचित्रको अफरलाई पनि त्यागेकी हुन् । यो विषयमा कुरा गर्दा उनी भन्छिन् “मेरो काम गर्ने शैली फरक छ, कति धेरै काम गरेँ भन्दा पनि कति राम्रो काम गरेँ भन्ने मुख्य कुरा हो” । म जतिबेला यो क्षेत्रमा परिपक्व थिइन त्यो बेला आएका धेरै अफरहरु त्यागेकै हो । अब भने स्क्रिप्ट देखि सबै कुरा राम्रो भयो भने काम गर्छु ।

स्नेहा पौडेल आफ्नै आमाको गीत तिमि लाईटर मा भएको चुरोटमा राम्रो अभिनय गरेर चर्चामा आएकी थिइन् ।

नेपालकै पहिलो वेब सिरिज हाम्रो हाईस्कूलमा काभ्याको रोलमा स्नेहालाई धेरैले मन पराएका थिए ।

काग दाजै काग दाजै काफल झारिदेउ बोलको अत्यन्तै रमाइलो गीतमा भद्रगोलका बले र स्नेहा पौडेलले दर्शक रिझाउने गरी अभिनय गरेका छन् । ओठमै झुन्डिने गीतका शब्द देखि भिडियोको कन्सेप्ट सम्म फरक तरिकाले पस्किएको उक्त गीतमा ध्रुव बिस्को र सरु गौतमले स्वर दिएका छन् ।

युवराज वाइवाले निर्देशन गरेको उक्त गीतको भिडियोको कोरियोग्राफी सियोन श्रेष्ठले गरेका छन् । भीम बासीको शब्द बाबु प्रधानको एरेन्जमा कुमार कटुवालले निर्माण गरेको यो भिडियोलाई बुढा सुब्बा डिजिटल प्रा ली ले बजारमा ल्याएको छ ।

प्रस्तुत छ भिडियो