शैक्षिक महोत्सवमा ज्योति मगरका तिघ्रा देखाएर बेइजत - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

शैक्षिक महोत्सवमा ज्योति मगरका तिघ्रा देखाएर बेइजत



मसुरिया
कैलालीको गौरीगंगा नगरपालिका वडा नं ८ लिक्मामा चैत ३० गते देखि सुरु भएको मसुरिया शैक्षिक तथा सांस्कृतिक महोत्सव काम कुरा एका तिर कुम्लो बोकी ठिमी तिर भने जस्तै भएको छ ।

शैक्षिक गतिविधिहरूका साथ शिक्षा स्वास्थ्यका बारेमा जानकारी लिन सकिन्छ र शिक्षाको बहस संगैै स्थानीय भाषा, संस्कृति नृत्य र परम्परागत परिकारहरूको प्रदर्शन गरी यहाँको मौलिक कला संस्कृति, साहित्यको प्रबर्दन हुने आशा गरेका यहाँका स्थानीय वुदिजीविहरुले यो महोत्सवले विसंगति लाई प्रस्तुत गरिएको भन्दै टिप्पणी गरेका छन्। बुधवार गायिका ज्योति मगरले प्रस्तुति दिए पछि महोत्सवको थप आलोचना दर्शकले गरेका हुन ।

नाम शैक्षिक तथा सांस्कृतिक महोत्सव राखेर आर्थिक लाभको अभिप्रायले स्थानीय सर्वसाधारण ठग्ने काम गरेको महोत्सव अवलोकन गरेका दर्शकहरूले बताएका छन् । कला संस्कुती जोगाउने नाम दिएर सञ्चालन गरिएको महोत्सवमा उछ्रीङखल ब्याबहार प्रदर्शन गर्ने कलाकार ल्याएर समाजमा विकृति फैलाउने काम आयोजकले गरेको दर्शकको आरोप छ ।

महोत्सवको उद्घाटनको क्रममा प्रमुख अतिथि प्रदेश नं ७ का सामाजिक विकास मन्त्री दीर्घ बहादुर सोडारीले यस प्रदेशको कला संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न तथा स्थानीय भाषा संस्कारको विकास गर्ने कार्यक्रम ल्याउन पश्चिममा संस्कृतिको प्रचार प्रसार नग्न नृत्य प्रस्तुत नगर्न सुझाव दिनु भएको थियो ।

मन्त्री सोडारीले यस छेत्रमा विद्यालय र क्याम्पस सञ्चालन गर्न चुनौती रहेको भन्दै शैक्षिक गतिविधिहरूको स्टल सहित बौदिक छलफल कार्यक्रम गर्ने गरी प्रस्ताव बनाउनु पर्ने बताउनु भएको थियो ।

गौरीगंगा नगरपालिकाका प्रमुख भीम बहादुर देउवाले ज्योति मगरको प्रस्तुति नराख्न आग्रह गदै शैक्षिक महोत्सवमा शैक्षिक बहस गर्ने काम गर्न अनुरोध गनु भएको थियो । शैक्षिक व्यक्तित्वहरूले बिषयगत प्रश्नोत्तर बहस सहित स्थानीय भाषा संस्कारको परम्पराको प्रदर्शनी र साङ्गीतिक कार्यक्रम गर्नु पर्ने कार्यक्रमको नाम अनुरूप हुनुपर्ने सुझाव दिएका थिए ।

आफूहरूको कला संस्कृतिको मनमोहक दृश्य देख्न पाइने आसमा महोत्सव अवलोकनका लागी छोराछोरीहरू लिएर आएका गौरीगंगा नगरपालिका वडा नं ८ का राम प्रसाद चौधरीले सञ्चार माध्यमको प्रयोग गरी शैक्षिक महोत्सवको रूपमा व्यापार गरेको भन्दै आफ्ना नानीहरूलाई केही बेरमै फर्काएर लगेको सुनाउनु भयो ।

महोत्सव उद्घाटनकै क्रममा मन्त्री र नगर प्रमुखले उत्ताउलो कुनै कार्यक्रम नगर्नु होला भन्दा भन्दै आयोजकले अटेरी गरेको अवलोकन कर्ताको भनाई छ । नगरपालिका भित्र रहेका सम्पूर्ण विद्यालयका शैक्षिक गतिविधि विद्यार्थीहरूमा रहेको विभिन्न फरक प्रतिभा लाई स्थान दिएर विद्यालय र विद्यार्थी लाई महोत्सवले समेटेन आस गरिए पनि आयोजकले त्यस तर्फ ध्यानै नदिएको गौरीगंगा नगरपालिका ७ का एक जना अगुवा एबंम बुद्धिजीवी टङ्क भण्डारीको भनाई छ ।

उहाँले भन्नुभयो नगरपालिका भित्र थुप्रै विद्यालयहरू छन् । हाम्रो समाजमा राम्रा संस्कृति र प्रतिभा पनि छन् आयोजकले नत विद्यालय लाई समेट्यो न त वास्तविक सस्कृती लाई नै शैक्षिक तथा सांस्कृतिक महोत्सवको नाम दिएर यस्ता उछ्रीङखल प्रस्तुति दिने कलाकार बोलाएर बेथीती भएकै हो । यो हुनु हुँदैन थियो । महोत्सवको नाममा विकृति फैलाई रहेको भन्दै महोत्सवको चौतर्फी आलोचना भई रहेको छ ।