शिक्षक महासंघ बर्दगोरियाले १७ बुदे माग सहित स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

शिक्षक महासंघ बर्दगोरियाले १७ बुदे माग सहित स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र



गोविन्द बीसी / बौनिया,कैलाली ।

नेपाली शिक्षकहरुको पेसागत साझा संगठन नेपाल शिक्षक महासंघ बर्दगोरियाले ज्ञापनपत्र बुझाएको छ ।
विभिन्न १७ बुदे माग सहित नेपाल शिक्षक महासंघ बर्दगोरियाले शनिबार स्थानीय सरकारलाई ज्ञापनपत्र बुझाएको छ । नेपाल शिक्षक महासंघ बर्दगोरिया कार्यसमितिका अध्यक्ष उदयसिंह बीसी नेतृत्वको टोलीले गाउँपालिका अध्यक्ष बलिराम डंगौरालाई ज्ञापनपत्र बुझाएको हो ।

यस्तै गाउँपालिका उपाध्यक्ष, प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख, ६ वटै वडाका वडा अध्यक्षलाई बोधार्थ सहितको ज्ञापनपत्र बुझाएको छ । कार्यक्रममा महासंघका सह अध्यक्ष चक्रबहादुर शाही, सचिव शिवराज गौतम लगायत महासंघ कार्यसमिति पदाधिकारीको सहभागिता रहेको थियो ।

शैक्षिक क्षेत्रका देखिएका विविध समस्या र शिक्षक कर्मचारीका पेसागत समस्या समाधानका लागि ज्ञापनपत्र बुझाइएको शिक्षक महासंघ बर्दगोरियाले जनाएको छ ।
ज्ञापनपत्र बुझ्दै गाउँपालिका अध्यक्ष बलिराम डंगौराले शिक्षक कर्मचारीका मागलाई सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले केन्द्रीय तहमा शिक्षा नियमावली बनेपनि संघीय तहमा शिक्षा कानून, नियमावली बन्न नसक्दा समस्या भएको बताए ।

गाउँपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयको निरीक्षणका क्रममा धेरै समस्या आफूलाई अवगत भएको बताउदै अब विद्यालय र अन्य संघसंस्थाको दीगो बिकास र ब्यवस्थापनको मापदण्ड तयार गरिने बताए । उनले विद्यालयमा नीजिस्रोत शिक्षक कर्मचारीको सेवासुविधा आगामी बजेटमा केहीहदसम्म भएपनि सम्बोधन गरिने बिश्वास व्यक्त गरे ।

नेपाल शिक्षक महासंघले सामुदायिक विद्यालयमा कार्यरत नीजिस्रोत शिक्षक कर्मचारीको यथासिघ्र ब्यवस्थापन गर्नुपर्ने, आवश्यकता अनुसार कक्षागत र विषयगत दरबन्दी सिर्जना गरिनुपर्ने, मासिक रुपमा तलब प्राप्त हुनुपर्ने र समय सापेक्ष तलब बृद्धि हुनुपर्ने, प्रभावकारिताका आधारमा नमूना विद्यालय छनौट र स्वीकृत गरिनुपर्ने, स्थानीय तह बर्दगोरिया गाउँपालिकामा यथासक्य शिक्षा समिति गठन गरि स्थानीय शिक्षा तथा कार्यविधि बनाइनुपर्ने, गाउँपालिका अन्तर्गतका १७ वटै सामुदायिक विद्यालयको आवश्यकता पहिचान गरि आगामी आर्थिक बर्षको शिक्षातर्फको बजेट तथा कार्यक्रम बनाइनुपर्ने, प्रचलित नियमानुसार नीजिस्रोत शिक्षकको तलबमान, पोसाक भत्ता, महंगीभत्ता यसै आर्थिक बर्षको बजेटमा ब्यवस्था गरिनुपर्ने, विद्यालय कर्मचारीको सेवा सुविधा निजामती कर्मचारी सरह निर्धारण गरिनुपर्ने, शैक्षिक गुणस्तर वृद्धिका लागि पेसागत कार्यदक्षता अभिवृद्धि तालिम दिईनुपर्ने सबै विद्यालय कर्मचारीको संचिति बिदाको अभिलेखिकरण गरि सुविधा दिनुपर्ने, प्रभावकारिता र औचित्यका आधारमा नमूना विद्यालय छनौट गरिनुपर्ने, स्थानीय शिक्षा शाखामा आवश्यक कर्मचारीको व्यवस्था गरिनुपर्ने लगायतका माग राख्दै शनिबार स्थानीय सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

शिक्षक महासंघले आफ्ना मागहरुलाई गहन रूपले लिन र सम्बोधन गर्न स्थानीय सरकारलाई आग्रह गरेको छ । शिक्षक महासंघका सचिव शिवराज गौतमले शिक्षक कर्मचारीका जायज मागहरु सम्बोधन हुनेमा आशावादी रहेको बताए ।

हेर्नुहोस ज्ञापनपत्र सहित :