साथी भन्दा माथि

September 18, 2017
1 Views

अन्जना केसी 

काम गर्दै थिएँ, मोबाइलमा घण्टी बज्यो । अघिपछि मोबाइल बजेको वास्ता नगर्ने मैले काम छोडेर हेरेँ । उसको फोन आएको रहेछ ।

म सधैंझैं खुसी हुँदै बोलें ।
म तिम्रो प्रतीक्षा गरिरहेछु । उसले भन्यो ।
आज म भ्याउँदिन अलि बढी नै व्यस्त छु ।
मेरो थुप्रै काम छ ।

मेरो भनाई उसलाई असिना वर्षे जस्तै निर्मम लाग्यो सायद ! त्यसैले ऊ बोलेन चुपचाप फोन काटिदियो । मलाई बुझ्न गाह्रो थिएन ऊ रिसाउँदा वा खुसी हुँदाको स्वभाव ।

बिचरा फुच्चे रिसायो । मेरो मन खिन्न भयो । उसको नाम फुच्चे राखिदिएको थिएँ, मैले ।मैले धेरै पल्ट जिस्किएर वा लाड्डिएर उसलाई फुच्चे भन्थें । मेरो सम्बोधनले ऊ मौन थियो । मैले उसलाई थुप्रै नामले चिने सुरुदेखि अहिलेसम्म । तर उसका थुप्रै नामहरुमा मेरो बानी पर्न सकेन कुनै एक नामको बानी बसाल्न नलाग्दै अर्को नाम भन्थ्यो । उसको नामभन्दा मैले राखिदिएको नाम प्रिय लाग्यो, मलाई ।

मैले राखिदिएको नामले बोलाउँदा खुसी लाग्छ वा दुःख लाग्छ । मेरो मस्तिष्कले अनुमान लगाउन निकै कठिन पर्छ । सगरमाथा चढे जत्तिकै अप्ठेरो छ । उसको मनलाई बुझ्न । नाम राख्न त बाबुआमालाई अधिकार प्राप्त हुन्छ । या बाबुआमाले रुचाएर निम्त्याइएको ब्राह्मणलाई । म त धेरै टाढाकी मान्छे ।

उसको अधिकारभन्दा धेरै टाढाकी । फेरि पनि नाम राखिदिएँ ।हुन त ऊ मभन्दा सानो उमेरको पनि होइन । र पनि मैले फूच्चे भन्ने दुस्साहस गरेँ । ऊ त धेरै ठुलो हो । उसलाई ठुलो भन्नुमा मसँग थुप्रै आधारहरु छन् । विचार र क्षमताको आधारमा पढाई र बुद्धिको आधारमा मभन्दा निकै ठुलो हो र पनि मैले फुच्चे भनिँदिएँ ।

मैले बच्चा जन्मिएपछि प्रायः म सबैलाई सानो ठान्छु । एक दिन माइक्रोमा यात्रा गर्ने क्रममा झन्डै आठ÷दश वर्ष ठुलो ड्राइभरलाई पनि ‘ए भाइ ! भाडा कति हो’ भनेर सोधेँ । ड्राइभर हाँस्यो । ऊ हाँस्नु स्वाभाविक थिएन । यात्रीहरुले मेरो अनुहारमा हेरे । म लाजले शिर निहुराएँ केही वर्षयता म आफूलाई निकै पाको महसुस गर्न थालेको छु । घरमा गरिने सबै सम्बोधनहरु आफूभन्दा सानो छन् । उमेरले सानो भए पनि मभन्दा ठुलो मान्छेहरू मलाई भाउजू, आन्टी, दिदी, यस्तै यस्तै भनी बोलाउँछन् । सायद यसैले होला । बाटो–घाटोमा म कसैलाई अंकल, दाइ, दिदी सकभर भन्दिनँ ।

कहिलेकाहीँ त सोच्छु । उसलाई नभेटेको भए हाइसुख नै हुन्थ्यो ।मैले होइन उसले नै मलाई भेट्ने चाहना राख्यो । उसले मसँग कुरा गर्ने चाहना किन राख्यो त्यो मैले अहिलेसम्म बुझ्न सकेकी छैन । उसले यो विषयमा धेरैपल्ट बोल्यो । धेरैपल्ट स्पष्टीकरण पनि मागें, मैले । तर अहिलेसम्म उसको त्यो जवाफले मेरो चित्त बुझेको छैन । तर पनि हाम्रो निरन्तर भेट भइरह्यो ।

सुरुमा मैले महत्त्व दिइन । उसले पछ्याइरह्यो । पहिलो चरणमा मैले पनि पछ्याउन छोडिन ।हाम्रो भेटघाटको निरन्तरतालाई कुनै दैवी शक्तिले साथ दिइरहेको थियो । हाम्रो कुराकानी निरन्तर चलिरह्यो । भेटघाट भइरह्यो ।

म उसका थुप्रै कुराले आकर्षित थिएँ । थुप्रै पुरुषभन्दा फरक थियो, ऊ । लाखौँ पुरुषहरुको भीडमा पनि ऊ भिन्न थियो । उसको मन मस्तिष्क र उसको सोचाईभित्र ऊसँग मेरो हृदयमा प्रेम भरिदिने दिव्य गुण थियो । त्यसैले म उसलाई साँच्ची प्रेम गर्छु । कसो–कसो आफ्नै प्रेमीलाईभन्दा बढी प्रेम गर्छु । म सोच्छु उसलाई पनि त्यही लाग्दो हो, ईश्वरले साथ दिए वा त्यो वातावरणको सिर्जना भयो भने पनि पाइला टेक्न अस्वीकार गर्नेछ, उसले पनि किनकि त्यो कुरा उसको व्यवहारले भन्छ ।

ऊ ठट्याउलो छ, कम भावुक हुन्छ, तर उसले बोल्ने प्रत्येक शब्दहरूले लठ्याउँछ, मलाई । उसले कम सताउँछ मैले बढी सताउँछु ।
कहिलेकाहीँ मेरो व्यवहारले दिक्क हुन्छ ऊ, लामो सुस्केरा हाल्छ, सयौँपल्ट म उसलाई बुझेकी छु र पनि मैले उसको मन दुखाउने कार्य दोहो¥याइरहन्छु । मेरो कमजोरी एउटी आमालेझैं क्षमा दिन्छ । उसको अगाडि र मेरा अगाडि बाध्यताका शिखरहरु छन् । म त्यो शिखर नाघ्न कर गर्छु, बल गर्छु, ऊ डराउँछ, अत्तालिन्छ । म मनमनै हाँस्छु । ऊ अलि अत्ताल्लिएको देखेर । किनकि त्यो बनावटी कर थियो ।
मिठा नमिठा अनुभूतिले टाउकोमा किचेर चाउरी परेकी बुढीमा खुसीले भन्दा पीडाको थुप्रोले बनेको मस्तिष्कले के–के बोल्छ ।

नानाथरि कुराहरू बिना हिच्किचाहट, लाजै नमानी बोलिदिन्छु, म । अलि उमेर ढल्किएपछि धेरै सजिलो हुँदोरहेछ । कुरा गर्नलाई पनि । आफ्नो मनभरिको प्रेम खन्याएर उसलाई दिन मन लाग्छ । त्यसको बदलामा ऊ मलाई शङ्का गर्छ । हाँस्छ, गिज्याउँछ, र भन्न थाल्छ । मसँग डराउ, मलाई तिमीसँग साँच्चै डर लाग्छ, तिम्रा राम्रा बानीहरु देखेर डर लाग्छ । मलाई झनै हाँस उठ्छ । जब उसले मसँग यसरी कुरा गर्छ ।
म ऊसँग कहिले डराउँदिन । कहिलेकाँही लाग्छ, ऊ मेरो रक्षक हो । मेरा राम्रा नराम्रा क्रियाकलापमा उसको नजर छ । मैले राम्रो कार्य गर्दा होस् वा नराम्रो दुवैमा म उसलाई सम्झन्छु ।

हुन त ऊ र म बिच एउटा पर्खाल छ, चिनिया ग्रेटवाल छ । जुन पर्खाल नाघेर हामी एक अर्काको संसारमा जान सक्दैनौं, यो कुरा हामी दुवैलाई थाह छ, तर त्यो पर्खालको आड लिएर हामी दुई परस्पर दुःख–सुखको विवेचना गर्न सक्छौँ । स्पर्शबाट होइन महसुसबाट एकअर्कालाई अनुभूत गर्न सक्छौँ ।

यो विषयमा हामी निकै छलफल गर्छौँ । ऊ सकभर मलाई हराउन चाहन्छ । किनकि ऊ पुरुष हो । पुरुषहरू नारीको तुलानामा महत्वकांक्षी नै हुन्छन् । तर म उसँग हार्न चाहन्न । टक्कर लिन मन लाग्छ, मलाई । ऊ मेरो अनन्त ऊर्जा र प्रेरणाको खानी हो । मेरो निजी जिन्दगीलाई सफल र सुखी बनाउने कुरामा ऊ सधैँ जोड दिन्छ । मेरो जन्मदाताले जस्तै ।

 

मलाई यति थाह छ, ऊसँगको मेरो सम्बन्ध अत्यन्तै निकट र पवित्र छ । ऊ रोइरहेको बेला म हाँस्न सकिदन, ऊ हाँस्दा म हाँस्न सक्छु । तर म हाँस्दा उसलाई पनि हाँस्नै पर्छ भन्ने बाध्यता छैन । यो मेरो आदालतको फैसला हो ।

 

कहिलेकाहीँ लाग्छ, हामीलाई साहित्यले नजिक बनायो । हाम्रो भावना र विचारहरू समान छ जस्तो पनि लाग्दैन । किनकि उसले नै पटक–पटक हामी दुईलाई चरा र माछाको संज्ञा दिन्थ्यो । ऊ निकै सिपालु छ, हरेक कुरालाई सजिलै अथ्र्याउँछ । भगवान्ले उसलाई एउटा अनौठो शक्ति दिएका छन् । जसले गर्दा ऊ आज पूर्ण छ । मैले मेरा हरेक कार्य गर्नु अघि उसलाई सुनाउँछु र पूरा गरिसकेपछि पनि । मैले किन किन कथा लेखिसकेपछि पढाउन मन लाग्छ । समालोचना गरिदेऊ भन्न मन लाग्छ । मेरो रचनाको पहिलो पाठक नै उही बनेको छ । हुन त ऊ न लेखक हो, न समालोचक नै । तर उसले गरेको आलोचनाले मलाई आत्मसन्तुष्टि दिन्छ । उसले गरेको प्रशंसाले म बढी उत्प्रेरित पनि हुँदिन न त आलोचनाले निराश नै । ऊ नामुद लेखक वा साहित्यकार होइन, यद्यपि म विषयवस्तुको गहिराइसम्म पुग्न सक्ने अनौठो क्षमता छ, उसमा । उसको वातावरण र पहुँच भएको भए लाग्छ, देशको ठुलो मान्छे बन्न सक्थ्यो । खै उसले आफ्नो विचार र क्षमतालाई चिन्न सकेन वा

अनुभूत गरेन वा आफूलाई चिनेर पनि त्यो बाटोमा डो¥याएन ? कि त्यो सोध्ने चेष्टा मैले अहिलेसम्म गरिन ।मैले सोधेँ भने पनि उसले चित्त बुझ्दो जवाफ दिने छैन । किनकि उसको स्वभाव यस्तै छ ।

धेरै कुरा बुझ्दा, धेरै जान्दछ । उसको मस्तिष्कमा थुप्रै ज्ञानको भण्डार छ । तर पनि कहिलेकाहीँ ऊ अबोध बालक जस्तै गर्छ । केही नजानेको जस्तो । कहिलेकाहीँ त लाग्छ उसले ज्यादै अभिनय गर्छ । नाटकमा जस्तो । आफ्नो बारेमा कम बोल्ने र अरूको बारेमा आवश्यकताभन्दा ज्यादा जान्न खोज्नु उसको विशेषता हो । त्यसैले मैले पनि उसलाई आफ्ना बारेमा ज्यादै सुनाउँछु । ऊसँग म अड्कलिन सक्दिन । अनायसै थुप्रै मेरा मनका पोकाहरु फुकाउँछु । ऊ गम्भीर भएर सुन्छ । उसले बिना हिच्किचाहट सान्त्वनाको भाषा बोली मैले केही राहतको महसुस गर्छु ।

ऊसँगको मेरो सम्बन्धको कुनै विन्दु छैन । मैले ऊबाट केही पाउन पनि छैन र उसलाई केही दिनु पनि छैन । न त कुनै सम्बोधनको गत्तिलो आदर छ । साथी भनौ भने ऊ साथीभन्दा धेरै माथि छ, जिन्दगीको गोरेटोमा बनाएका कतिपय पवित्र सम्बन्धलाई न कुनै नाम दिन सकिन्छ न त आकार नै ।

मलाई यति थाह छ, ऊसँगको मेरो सम्बन्ध अत्यन्तै निकट र पवित्र छ । ऊ रोइरहेको बेला म हाँस्न सकिदन, ऊ हाँस्दा म हाँस्न सक्छु । तर म हाँस्दा उसलाई पनि हाँस्नै पर्छ भन्ने बाध्यता छैन । यो मेरो आदालतको फैसला हो ।

मेरो हृदयमा उसको लागि अनौठो प्रेम छ । उसलाई मैले प्रेम गर्दा मेरो श्रीमानलाई माया कम हुन्छ भन्ने म ठान्दिन । मायाका आफ्नै खाले आकारा हुन्छन् । उसलाई माया गर्दा, अरूको घृणा गर्नुपर्छ भन्ने पनि म मान्दिन । मैले उसको रूपलाई प्रेम गरेकी होइन, न त तनलाई नै । मैले उसको मन, विचार र भावनालाई प्रेम गरेकी हुँ । हृदयदेखि प्रेम । मान्छेको प्रेम हृदयमा हुनुपर्छ । अनुहार र शरीर त क्षणिक परिवर्तनशील कुरा हुन् । अनुहार हेरेर गरिने प्रेम अनुहारको परिवर्तनसँग हराएर जान्छ ।

म चाहन्न कि मेरो ऊप्रतिको झुकाव पनि हराओस् । मानवीय सम्बन्ध वैद्धिक नभएर हार्दिक हुन्छ । मैले उसलाई हार्दिकताका साथ आफ्नो मनमा स्थान दिएकी छु ।

Facebook Comments

You may be interested

३८ किलो गाँजासहित ट्रक चालक पक्राउ
समाचार
0 shares3 views
समाचार
0 shares3 views

३८ किलो गाँजासहित ट्रक चालक पक्राउ

विशाल पाण्डेय - २०७४, २८ मंसिर १०:००

धादिङ– गाँजा तस्करीमा संलग्न ट्रक चालक ३८ किलो गाँजासहित पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय गजुरीले बिहीबार बिहान गजुरी बजारबाट ट्रक…

मंगल ग्रहमा देखिएको जस्तो संसारको नयाँ दिप
बिचित्र संसार
0 shares3 views
बिचित्र संसार
0 shares3 views

मंगल ग्रहमा देखिएको जस्तो संसारको नयाँ दिप

विशाल पाण्डेय - २०७४, २८ मंसिर ०९:४७

प्रशान्त महासागरको दक्षिणी क्षेत्रमा ज्वालामुखि विस्पोटपछि एउटा द्वीप बनेको छ । सुरुमा वैज्ञानिकले यो द्वीपको संरचना केहि महिनामात्र रहने बताएका…

गरे स्वदेश कै माटोमा सुन फलाउन सकिन्छ !
समाचार
0 shares9 views
समाचार
0 shares9 views

गरे स्वदेश कै माटोमा सुन फलाउन सकिन्छ !

himal post - २०७४, २८ मंसिर ०९:३२

ओम प्रकाश बानियाँ/दोहा, कतार हामी नेपाली सबैलाई एउटा भान परेको छ कि नेपालमा केही पनि हुँदैन, यहाँ केही गर्ने सकिँदैन…