ओलीको राजकीय भ्रमण कि भारतसँग सरेन्डर ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

ओलीको राजकीय भ्रमण कि भारतसँग सरेन्डर ?



काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणबारे दिनकै बोलिरहेका छन् ।

उनले ओलीको भारतको राजकीय भ्रमणलाई ‘विशुद्ध सद्भाव भ्रमण’ भनिरहेका छन् । उनी भ्रमणमा कुनै राजनीतिक एजेन्डामा द्विपक्षीय कुराकानी हुँदैन पनि भन्छन् । परराष्ट्र मन्त्री ज्ञवालीले वितेको समयमा भारतसँग भएका कयौँ सहमतिको कार्यान्वयन र तदारुकतामा ध्यान दिने बताएका छन् । अाेली चैत २३ देखि २५ सम्म भारतकाे राजकीय भ्रमण गर्दै छन्  ।

नेपालमा जुनसकै व्यक्ति प्रधानमन्त्री भएपनि सबैले सम्बन्ध सुधारलाई अघि सार्ने गरेका छन् । पछि संयुक्त वक्तव्य आएपछि थाहा हुन्छ, यस्तो सम्झौता भयो भनेर । यो रोग नयाँ होइन पुरानै हो, भन्छन् विश्लेषक डा. सुरेन्द्र केसी ।

उनले भनेका छन्, ‘अहिले सम्बन्ध सुधारको प्रश्नै होइन । त्यो त यिनको स्वार्थ बोलेको । यिनीहरुले जनतालाई ढाँट्छन् । वेवकुफ बनाउँछन् । आँखामा छारो हाल्छन् ।’ बाहिर एउटा कुरा भनेर संयुक्त वक्तव्यमा उनीहरुले चाहेका कुरा लेखिहाल्छन् । त्यो बारे कुटनीतिक तहबाट कहिल्यै दोहोरो छलफल र गृहकार्य हुँदैन, उनले भने, ‘भारतले नेपालका प्रधानमन्त्रीलाई तारन्तार फोन गरेर बोलाउनुको अर्थ सम्बन्ध सुधार होइन । ओलीलाई तपाई पहिले पनि हाम्रै मान्छे हो र भोलि पनि हाम्रै रहनुहुन्छ, भन्ने सन्देश दिने जुक्ति हो ।’ नेपाललाई आफ्नो पञ्जाबाट फुत्किन नदिने खेल हो ।

नेपाल भड्केर नजाओस् र चिनियाँहरु वरसम्म नआउन् भन्ने उसको योजना हो । ओली त्यसमा टाउको हल्लाउन जाँदै छन् । सम्बन्धको कुरा मैले भनि सकेत छाराे हाल्ने कुरा मात्रै हो भनेर, डा. केसीले  भनेका छन्

डा. केसीको विचारमा अर्को महत्वपूर्ण कुरा, केपी ओलीलाई त्यहाँका सञ्चारमाध्यमले लखेटेर धेरै पर लग्यो भने, नेपालमा चीनको उपस्थिति बढ्छ भन्नेमा भारत निकै, चिन्तत छ ।

यस्तै, विश्लेषक मुमाराम खनालले त सम्बन्ध सुधार भन्ने शब्द प्रयोग नै गलत हो, भने । यो शब्द चयन मिलेन, उनले अगाडि भनेका छन्, ‘यो सम्बन्ध सुधार भन्ने शब्द हामीले लिने होइन । भारतले लिने हो । कर्मद्वारा नेपालबाट भारतको अहित हुने काम भएकै छैन । बरु भारतले गल्ती गरेको हो । सम्बन्ध सुधार भारतले भन्न मिल्छ । हामीले भन्ने होइन ।’ नाकाबन्दी भारतले गरेकाे हाे, नेपालले हाेइन ।

यस्तै समदूरीको सम्बन्ध शब्द समेत उनले मिलेन, भने । समनिकटताको सम्बन्ध भन्दा माधुर्य आउने उनको भनाई छ । कतिपयले प्रधानमन्त्री ओली नेतृत्व सरकारको आयु कति समय रहन्छ भनि नाडी छाम्न खोजेको भनेका छन् । तर, विश्लेषक खनालले भने, ‘त्यो युग अन्त्य भइसकेको बताए ।

यस्तै, उनले ओलीको अभिव्यक्ति भारतलाई नमीठो लागेको भए सम्बन्ध सुधारको कुरा गर्दा ओलीको व्यक्तिगत सम्बन्ध सुधार गर्ने भन्ने हुनसक्छ, भनेका छन् । ओलीलाई सम्बन्ध सुधारको भय हुनसक्छ, उनले अगाडि भनेका छन्, ‘अहिले भयले काम गरीरहेको छ उहाँको व्यक्तिगत सम्बन्धको कुरा हुनसक्छ । नेपालका कारण भारतसँग नेपालको सम्बन्ध विग्रिएको भन्ने कदापि होइन ।’ भारतले नेपालमा चीनको उपस्थिति बढ्यो भन्ने हो भने त्यो भारतका कारण भएको भन्नुपर्छ । त्यसको दोष नेपाललाई आउँदैन ।

सम्बन्ध सुधार भ्रमणको एजेण्डा हुन सक्दैन । अन्य धेरै गृहकार्यहरु भएका छन् । भारत गएका बेला आफुलाई परेका सबै समस्या विषय सुल्झाउनु पर्छ, उनले भनेका छन् । उनले पनि डा. सुरेन्द्र केसी जस्तै, जनताका आँखामा छारो हाल्ने काम गर्नु हुँदैन पनि भनेका छन् ।