सन्दिप ‘स्टाइलिस प्लेयर अफ द म्याच’ घोषित - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सन्दिप ‘स्टाइलिस प्लेयर अफ द म्याच’ घोषित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) का पहिलो नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेले आफ्नो दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् ।

काठमाडौं, जेठ ५ । इन्डियन प्रिमियर लिग (आईपिएल) का पहिलो नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेले आफ्नो दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् ।

गएराति भएको खेलमा उनको उत्कृष्ट प्रदर्शनले दिल्ली डेयरडेभिल्सले चेन्नई सुपर किङ्सविरुद्ध जित हात पारेको छ ।

सन्दिपले खेलमा ‘स्टाइलिस प्लेयर अफ द म्याच’ भएर १ लाख भारतीय रुपैयाँ पाएका छन् ।

नेपाली युवा क्रिकेटर लामिछानेले आफ्नो ४ ओभर बलिङमा १ विकेट लिएर २१ रन खर्चिएका थिए ।

दिल्ली डेयर डेभिल्सबाट खेलिरहेका लामिछानेले महेन्द्रसिंह धोनीको टिम चेन्नई सुपर किंग्सविरूद्ध उत्कृष्ट प्रदर्शन गर्दै ५ दशमलव २५ इकोनोमीमा बलिङ गरेका हुन् ।

यसअघि बैंग्लोरविरुद्ध डेब्यू खेलमा सन्दीपले ४ ओभरको स्पेलमा २५ रन खर्चेर १ विकेट लिएका थिए ।

सन्दीपले आफ्नो तेस्रो ओभरको पहिलो बलमा सुरेश रैनाको विकेट लिँदै ऐतिहासिक सफलता हात पारे ।

१५ रन बनाएर खेलिरहेका रैनालाई सन्दीपले विजय शंकरको हातबाट क्याच गराए । आइपीएलमा यो सन्दीपको दोस्रो खेलमा दोस्रो विकेट हो ।

यसअघि डेब्यू खेलमा सन्दीपले बैंग्लोरका पार्थिव पटेलको विकेट लिएका थिए ।

सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेपछि आइपीएलमा दिल्ली डेयरडेभिल्सले चेन्नई सुपरकिंग्सलाई ३४ रनले पराजित गर्दै चौथो जित हात पारेको छ ।

पहिले ब्याटिङ गर्दै दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको चेन्नई निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २८ रनमा समेटिएको थियो ।

आफ्नो टोलीलाई जिताउन महत्वपूर्ण भूमिका खेलेपछि स्टाइलिस प्लेयर भएका सन्दीपले आफूले सकेसम्म राम्रो प्रयास गरेको प्रतिक्रिया दिएका छन् ।

विकेट हल्का चिप्लो खालको रहेको भन्दै उनले सवै खेलाडीको योगदानबाट जित सम्भव भएको बताए ।