सन्दीपको आइपीएल जर्सी आज प्रधानमन्त्री ओलीले सार्वजनिक गर्ने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सन्दीपको आइपीएल जर्सी आज प्रधानमन्त्री ओलीले सार्वजनिक गर्ने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाली क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेको इण्डियन प्रिमियर लिग(आइपीएल) जर्सी सार्वजनिक गर्ने भएका छन्। आइपीएलमा सन्दीप दिल्ली डेयरडेभिल्सको टोलीबाट खेल्दैछन्।

दिल्ली डेयरडेभिल्सको व्यवस्थापनले काठमाडौं ल्याएको सन्दीपको जर्सी अाज प्रधानमन्त्रीले सार्वजनिक गर्ने कार्यक्रम तय भएको सन्दीपले पुष्टि गरे। गृहनगर चितवन रहेका सन्दीप सोही कार्यक्रममा लागि भर्खरै काठमाडौं पुगेका छन्।

विश्वकप छनोट खेलेर सोमबार नेपाली टोलीसँग सन्दीप स्वदेश फर्किएका थिए। सन्दीप आगामी मंगलबार प्रशिक्षणका लागि दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ। सन्दीपलाई दिल्लीले गतमाघ दोस्रो साता भएको अक्सनमा २० लाख भारुमा अनुबन्ध गरेको थियो। उनी आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी पनि हुन्।