रिशिका फिल्मको होलिको गित सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

रिशिका फिल्मको होलिको गित सार्वजनिक (भिडियो सहित)



विशाल पाण्डेय / कैलाली ।।
नेपालीहरुको रंगिन चाड फागु पुर्णिामा अर्थात होलिको अवसरमा रिशिका फिल्मले होलिको गित मंगलबार आफ्नो युट्युब च्यानलमा सार्बजनिक गरेको छ ।

“गोकुलमा गोपाल खेल्दै छ्न होलि आज पालो राधिकाको गोपिनिको भोलि ” भन्ने यो निकै नै सुन्दर गितमा  कृष्ण र राधा भगवानको माया प्रेमलाइ दर्श्याएको छ  ।

लामो समय देखि भारतमा विभिन्न सिरियलहरुमा  निर्देशन गर्दै आउनु भएका निर्देशक काशी पाण्डेले संगित क्षेत्रमा रुचि देखाएर आफ्नै  लय , शब्द र संगितमा यो गित सार्बजनिक गरिएको हो ।

भारतको मुम्बईमा रेकर्ड गरिएको उक्त होलिको गित गायक काशी पाण्डे र गायिका विभुती पौडेलको स्वरमा सजिएको छ । यो होलि गीतमा विभिन्न चलचित्रमा अभिनय गरि आफ्नो छुट्टै पहिचान बनाउन सफल नायक किशोर श्रेठ र नायिका अनुस्का शर्माको विशेष अभिनय रहेको छ भने यो भिडियोमा गोपालको अभिनयमा आकाश पन्थ र राधाको अभिनयमा संगीता रेग्मिलाई पनि देख्न सकिन्छ ।

निर्देशक शशान कंडेलद्बारा निर्देशन गरिएको यो भिडियो चितवन  तथा आसपासको ठाउँमा खिचिएको छ भने  गितको भिडियोको छायांकन शुलभ अधिकारि  तथा सम्पादन निशान घिमिरेले गर्नुभएको छ ।

भारतमा बसि हिन्दी सिरियलहरुमा निर्देशन गर्दै आउनु भएका निर्देशक काशी पाण्डेलाई गित संगितमा अझै सफलताको शुभकामना ।

भिडियो हेर्नुहोस :