रन्जिताका कारण सिर झुकाएर हिड्न पर्‍यो सुरजले ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

रन्जिताका कारण सिर झुकाएर हिड्न पर्‍यो सुरजले !



केशब भट्ट / बेलौरी , कञ्चनपुर ।।
कञ्चनपुरको बेलौरीका मोडेल सुरज रावल पछिल्लो समय मोडलिङमा अब्बल बन्दै जानुभएको छ । दर्जनौ लोक तथा आधुनिक गितहरुमा अभिनय गरिसकेका रावल को अभिनयमा भर्खर मात्र लोक दोहोरी एल्बम “सेतो लाश” बजारमा आएको छ । गायक देब राज खत्री र गायिका प्रिया सेन्चुरी ले आवाज दिनु भएको छ उक्त गितमा अभिनय चर्चित मोडेल रन्जिता गुरुङ र सुरज रावल को रहेको छ उक्त गीत को निर्देशन स्मृति तिमिल्सिना गुरु आमा ले गर्नु भएको छ ।

प्रेम वियोगान्त कथामा आधारित उक्त गीत मा कथा रहेको छ मोडेल सुरजले माया पाउनु सट्टा रन्जिताले थप्पड सम्म हानेकि छन । र सुरजले भने सिर झुकाउनु परेको छ । यो गीत मा भने रावले अरु गीत भन्दा अली फरक कथा रहेको बताएका छन उक्त गितले बजारमा राम्रै चर्चा बटुल्ने रावल को भनाइ छ । छोटो समयमै दर्शकमाझ राम्रो पहिचान बनाउन सफल रावल दर्जनौ मोडेल को बिचमा उनी अन्य मोडेल भन्दा भिन्न छन । आकर्षक शारीरिक बनाओट सबैलाई आफ्नो बनाउन सक्ने शैली र राम्रो अभिनयका कारण छोटो समयमा सफल मोडेल को पहिचान दिसकेहेर्नुहोस

छोटो समयमा धेरै चर्चा पाउनु उहाँको विशेषता रहेको छ । सबैसङ्ग मिठो बोली बोल्ने सबैको मनमुटुमा बस्न सफल हुनुभएको छ । मोडलिङ सङ्गै उहाँले नेपाल प्रहरीको जागीरले देश र जनताको सेवा गर्ने मौका पाउनु उहाँका लागी अपरीहार्य बनेको छ ।