२०७५ असार ११, सोमवार

रंग र संगीतसंगै मनाउदैछ एडीलेडले होलि

February 24, 2018
333 Views
Spread the love
  • 22
    Shares

हिमाल पोस्ट

अस्ट्रेलिया ।। साउथ अस्ट्रेलियाको एडीलेडमा रहेको नेपाली समुदायले रंग , संगित र खानाका परिकारहरुसंगै होलि पर्व मनाउने भएको छ।

एडीलेड नेपालको आयोजनामा हुन लागेको उक्त कार्यक्रम मार्च १ तारिकको दिन दिउसो १ बजे देखि बेलुका ७ बजे सम्म चल्ने आयोजकले बताएका छन। नेपाल बाट आउने राष्ट्रिय कलाकारहरु दिपक बज्राचार्य, इन्दिरा जोशी , गिरिश खतिवडा र कार्टुन कुरुजको प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण रहनेछ ।

कार्यक्रममा फुड स्टल ,व्यवसाय स्टल र बिबिध मनोरन्जनात्मक कार्यक्रमहरु समेत समाबेश गरिएको एडीलेड नेपालका अध्यक्ष गोकुल ढकालले बताए। कार्यक्रमको बारेमा बताउदै उनले भने “कार्यक्रम मनोरंजनको लागि भएता पनि यस कार्यक्रमले हाम्रो संस्कृति , परम्परालाई समेत यस कर्म भुमिमा उजागर गर्नुको साथै हुर्कदै गरेको दोस्रो पुस्ताले समेत सिक्ने एउटा अवसरको माध्यम बन्नेछ।

” दर्शकहरुलाई नि:शुल्क प्रवेश सुबिधा रहेको यस कार्यक्रममा होलिको रंग भने हेल्थ सफ्टीको कारणले गर्दा बाहिर बाट लिएर आउन नपाईने ढकालले बताए। दर्शकहरुको लागि होलीको रंग आयोजकले नै शुल्क लिएर व्यवस्था गरेको उनले बताए । करिब ३ हजार बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको उक्त कार्यक्रमको सबै तयारीहरु अन्तिम चरणमा पुगेको आयोजकले बताएका छन्।

Facebook Comments
  • 22
    Shares

You may be interested

किन साम्पाओलीविरुद्ध उत्रिए मेस्सी ?
खेलकुद
0 shares4 views
खेलकुद
0 shares4 views

किन साम्पाओलीविरुद्ध उत्रिए मेस्सी ?

himal post - २०७५, ११ असार १५:२६

मस्को- समूहगत चरणको दोस्रो खेलमा क्रोएसियासँग ३-० गोलले पराजित भएपछि अर्जेन्टिनाका सिनियर खेलाडिहरु खासगरी लियोनल मेस्सी,जेभियर मस्चेरानोले अर्जेन्टिना फुटबल संघका…

खुलेआम मिनी क्यासिनो राजधानीमा
समाचार
0 shares6 views
समाचार
0 shares6 views

खुलेआम मिनी क्यासिनो राजधानीमा

Himalpost 1 - २०७५, ११ असार १५:२१

काठमाडौं । राजधानीमा खुलेआम मिनी क्यासिनो सञ्चालन हुन सुरु भएका छन् । कहीं प्रहरीसंगको मिलेमतोमा त कहीँ नमिलाईकन यसका सञ्चालकहरुले…

इङ्ल्यान्ड विश्व च्याम्पियन यसरी बन्न सक्छ
खेलकुद
0 shares7 views
खेलकुद
0 shares7 views

इङ्ल्यान्ड विश्व च्याम्पियन यसरी बन्न सक्छ

himal post - २०७५, ११ असार १५:२१

मस्को- समूहगत चरणको दोस्रो खेलमा पनामालाई ६-१ गोलले पराजित गरेपछि पुर्व खेलाडी फ्रान्क लाम्पार्डले इङ्ल्यान्डले विश्वकप जित्न सक्ने दावी गरेका…