राम थापा र सम्झना लामिछाने मगरको स्वरमा एबिसी कखरा सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

राम थापा र सम्झना लामिछाने मगरको स्वरमा एबिसी कखरा सार्वजनिक (भिडियो सहित)



अहिलेको समयमा नेपाली साङ्गीतिक क्षेत्रमा हरेक किसिमका गीतहरू आउने गर्छन् कति हिट हुन्छन् त कति फ्लप भएर बस्छन् एक पछि अर्को गीतहरू युट्युबमा आइरहेको बेला नव कलाकार तथा गायक राम थापा मगरको बिलकुलै नयाँ गीतको एल्बम ABC कखरा युट्युब च्यानलमा आइसकेको छ |

भारतको दिल्लीमा अध्यनरत विधार्थी राम थापा मगर पर्वत जिल्ला बालकोट गाविसमा जन्मिएका नव गायक हाल बर्दघाट ४ परासीमा बसोबास गर्छन् उनी गीत मात्रै गाउने होइन गीत लेखन र अभिनय पनि गर्छन् साथमा सामाजिक काममा पनि रुचि राख्ने राम दिल्लीमा स्थापना भएको सामाजिक संस्था नेपाली देशभक्त आवाजका सदस्य पनि हुन् |

विशेष गरी कलेजका बिधार्थी भाइ बहिनिहरुका लागि चेतना मूलक व्यङ्ग्य गरिएको यस गीतमा लय / स्वर / शब्द राम थापा मगरको रहेको छ भने महिलाको आवाजमा सम्झना लामिछाने मगरले साथ दिएकी छिन स्वयम् राम थापा मगर र रिना थापा मगर अनि साथीहरूको अभिनय रहेको यो भिडियोले यो चिसो बजारमा कत्तिको बजार तताउने हुन् हेर्न बाँकी छ |