प्याकेजमै सहमति भएपछि मात्र सरकारमा जान्छौं –प्रचण्ड - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

प्याकेजमै सहमति भएपछि मात्र सरकारमा जान्छौं –प्रचण्ड



काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता, मन्त्रालय बाँडफाँटलगायत विषयमा एमालेसँग भइरहेको छलफल सकरात्मक भएको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौं राष्ट्रिय सम्मेलनको शुक्रबार उद्घाटन गर्दै अध्यक्ष दाहालले पार्टी एकता, मन्त्रालय बाँडफाँट र नियुक्तिको विषय टुंग्याउन बाँकी रहेको र एमालेसँग यी विषयमा सहमतिको प्रयास भइरहेको बताए ।

‘एमाले–माओवादीबीच निरन्तर छलफल चलिरहेको छ’ दाहालले भने, ‘केही दिनमै प्याकेजमै सहमति भएपछि सरकारमा जान्छौं ।’ पादाहालले एमाले र मा‌ओवादीबीचमा कुनै ठूलो विवाद नरहेकाले एक दुई दिनमै पार्टी एकता हुने बताए ।

दाहालले नयाँ सरकारले हिजोको कमजोर सरकारले गर्न नसकेको काम गरेर देखाउन सक्नुपर्ने बताएका छन् । त्यसका लागि शिक्षक, बुद्धिजीवीसहित सबैको सहयोग आवश्यक रहेको उनले बताए ।