पुस्कल शर्मा र देवी घर्तीको आवाजमा नरेश बोहराको नयाँ एल्बम बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

पुस्कल शर्मा र देवी घर्तीको आवाजमा नरेश बोहराको नयाँ एल्बम बजारमा (भिडियो सहित)



ओम प्रकाश बानियाँ

बाग्लुङको रायडाडामा जन्मिएका नरेश बोहोरा भारतीय सेनामा कार्यरत छन् । सानै देखि गायन क्षेत्रलाई मन पराउने बोहराले नेपाली सङ्गीत क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएका छन् । सेनाको जागिरे भए पनि नेपाली गीत-सगित क्षेत्रमा नयाँ-नयाँ गाना बजारमा ल्याएर गायन क्षेत्रलाई अँगाल्दै अगाडि बढिइरहेका छन् ।

उनले बजारमा ल्याएका धेरैले गितहरुले दर्शक श्रोताको मन जित्न सफल भएको छ । उनको सगित यात्रा २०७१ साल देखि सुरु भएको हो । उनले आज गिरे तिम्रो नजरमा बाट अभिनय र लेखन मा प्रवेश गरेका थिए ।

निक्कै व्यस्त देखिरहने मोडल तथा सर्जक नरेश बोहोराको दुखीले पनि सार्वजनिक भएको छ । माया प्रेमको बस्तुमा आधारित गीत हो दुखी। नरेश बोहोराको प्रस्तुति रहेको गीतमा शब्द, लय नरेश बोहोरा कै रहेको छ । चर्चित गायक तथा मोडल पुस्कल शर्मा र देवी घर्तीको स्वरले सो गीतलाई  अझ रङ्ग रोगन छर्केको छ । विक्रम चौहानको निर्देशन प्रकाश खड्का र मुकेश हुमागाईको छायाङ्कन, मिलन विकको सम्पादनमा तयार गरिएको भिडियोमा बुद्धबिरको र टीका जौसीको अभिनय देख्न सकिन्छ भने गीत बजारमा ए वान म्युजिकले ल्याएको छ ।