नेविसंघ चन्दा विवाद: चरित्र हत्या गर्न गलत आरोप लगाइयो– उपाध्यक्ष शाही - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

नेविसंघ चन्दा विवाद: चरित्र हत्या गर्न गलत आरोप लगाइयो– उपाध्यक्ष शाही



काठमाडौँ । नेपाल विद्यार्थी सङ्घका केन्द्रीय उपाध्यक्ष पुष्पकुमार शाहीले सङ्गठनको मर्मविपरित चन्दा नउठाएको बताएका छन् । शाहीले एक विज्ञप्ति जारी गर्दै आफू माथि लगाइएको आरोप गैरआधार भएको बताए छन् ।

सङ्घका केन्द्रीय सदस्य देवराज जोशी, गणेश भट्ट ईश्वरी बम र कैलाश चन्दले विज्ञप्ति जारी गरेर चरित्र हत्या गर्ने काम गरेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनीहरूले चैत १ गते विज्ञप्ति जारी गर्दै शाहीले सङ्गठनको मर्म विपरीत चन्दा उठाएको आरोप लगाएका थिए । यता उपाध्यक्ष शाहीले भने आफ्नो चरित्र हत्या गर्ने मनसायले गलत आरोप लगाएको दाबी गरेका छन् ।