२०७५ बैशाख ७, शुक्रबार

पूर्वगृहमन्त्री घिमिरेको अन्त्येष्टी,कुशको प्रतिरुप बनाईयो

September 30, 2016
41 Views
Spread the love

१४ असोज, काठमाडौं । ६ दिनअघि चितवनको दारेचोक गाविसमा पर्ने घोप्टेभीरबाट गाडिसहित त्रिशुली नदीमा हराइरहेका पूर्व गृहमन्त्री माधव घिमिरे र उनका भाइ प्रकाश घिमिरेको कुशको शव बनाएर अन्त्येष्टी गरिएको छ ।

एक सातासम्मको खोजीपछि पनि नभेटिएपछि परिवारले उनको निधन भएको विश्वास गरी कुशको प्रतिरुप बनाएर अन्तिम संस्कार सुुरु गरेका छन् ।

सो दुर्घटनामा निधन भएकी घिमिरेकी आमा चैतन्यकुमारीको शवसँगै छोराहरुको पनि दाहसंकार गरिएको हो । चैतन्यकुमारीको शवमा नाती तथा घिमिरेका छोराले दागबत्ती दिए ।

पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार गरिएको अन्तिम संस्कारमा गृहमन्त्री बिमलेन्द्र निधी, मुख्यसचिव सोमलाल सुवेदी लगायत सरकारी अधिकारीहरुको उपस्थिति थियो ।

गत आइतबार मुक्तिनाथमा बुबाको श्राद्ध गरी फर्कने क्रममा घिमिरे चढेको गाडी घोप्टेभीरबाट त्रिशुलीमा खसेको थियो । दुर्घटनामा मृत्यु भएका तीन जनाको शव भेटिएको थियो भने पूर्वगृहमन्त्री घिमिरेसहित ३ जना अझै हराइरहेका छन् ।

onlinekhabar

Facebook Comments

You may be interested

२२ वर्षपछि वेनगर आर्सनलबाट बिदा
खेलकुद
0 shares2 views
खेलकुद
0 shares2 views

२२ वर्षपछि वेनगर आर्सनलबाट बिदा

himal post - २०७५, ७ बैशाख १६:५४

एन्जेसी– अन्तत: आर्सेन वेनगरले यहि सिजनको अन्त्यबाट आर्सनलको प्रशिक्षक पदबाट राजीनामा दिने भएका छन्। पछिल्लो २२ वर्षदेखि आर्सलनको प्रशिक्षक रहेका…

यातायात व्यवसायीलाई मन्त्रीले भने– पहिला कम्पनीमा दर्ता गर्नूहोस्
राजनीति
0 shares4 views
राजनीति
0 shares4 views

यातायात व्यवसायीलाई मन्त्रीले भने– पहिला कम्पनीमा दर्ता गर्नूहोस्

himal post - २०७५, ७ बैशाख १६:४७

काठमाडौं । यातायात व्यवसायीहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसमक्ष ज्ञापनपत्र बुझाएका छन् । सरकारले गत चैत १८ गते…

बुटवलमा बृहत् र्‍याली (फोटो कथा)
समाचार
0 shares5 views
समाचार
0 shares5 views

बुटवलमा बृहत् र्‍याली (फोटो कथा)

himal post - २०७५, ७ बैशाख १६:४६

आचार्य प्रदिप /बुटवल  नेपाली फौजले विजय प्राप्त गरेको २०३ वर्ष पुगेको अवसरमा आज बुटवलमा बृहत् र्यालीको आयोजना सहित तत्कालिन युद्धको…

Leave a Comment