पंजावको लुधियानामा शिव परियार र शंकर बिसी संगै आउदै छन् यी कलाकार - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

पंजावको लुधियानामा शिव परियार र शंकर बिसी संगै आउदै छन् यी कलाकार



नेपाली कला संस्कृतिको जगेर्ना गर्ने हेतुले हरेक नेपाली  वर्षको उपलक्ष्यमा भारतमा रहेका कुनै न कुनै नेपाली सङ्घ संस्थाले सांस्कृतिक कार्यक्रम गर्दै आएका छन्।

सोही क्रममा भारत पन्जाब  स्थित अप्रिल २२  तरिकाका दिन’नेपाली कला संस्कृतिको जगेर्ना ,उत्थान र विकास गरौँ भन्दै न्यु सागर एण्ड सगरमाथा टुर एण्ड ट्राव्लस प्रालि , OS DJ र रश्मि क्याटर्सद्वारा  ‘नयाँ वर्ष सांस्कृतिक धमाका   २०७५’  गरिने भएको छ ।

प्रवासमा रहेपनि आफ्नो देशको कला ,संस्कृति ,परम्परा र भेषभुषा विभिन्न समयमा विभिन्न सङ्घ संस्थाद्वारा निरन्तरता दिँदै आएका छन् ।

कार्यक्रममा नेपालबाट ख्यातिप्राप्त कलाकारहारु शिव परियार ,शङ्कर बिसी ,पूर्णकला बिसी ,शिलु भट्टराई ,नारायण बिपी ,दिपु मगर ,पुर्षोत्तम भण्डारी ‘पर्खे बा ‘,विष्णु श्रीपालि ,एलिना देउजा   आदिको प्रस्तुति रहने छ  ।

विगत लामो समयदेखि न्यु सागर एण्ड सगरमाथा टुर एण्ड ट्राव्लसले लुधियाना ,जालन्धर,हिसार  र करनाल देखि नेपाल आवत जावतको लागि   सेवा दिँदै आएको  छ ।विगतका दिनमा पनि विभिन्न कार्यक्रम गर्दै आएको   छ ।

कार्यक्रम २२ अप्रिल  गुरुनानक भवन ,भारतनगर चोक  चौक लुधियानामा बिहान १०  बजे देखि हुने छ ।