प्रथम घोडाघोडी मेयर कप फुटबल प्रतियोगिता माघ १४ देखि सुरु  - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रथम घोडाघोडी मेयर कप फुटबल प्रतियोगिता माघ १४ देखि सुरु 



विशाल पाण्डेय /सुखड , कैलाली

कैलालीको मध्यवर्ति क्षेत्रमा अवस्थित घोडाघोडी नगरपालिकामा यहि माघ १४ गते देखि  २० गते सम्म   प्रथम घोडाघोडी मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ ।

घोडाघोडी नगरपालिको आर्थिक सहयोग , नगर खेलकुद विकास समितिको संमन्वय तथा घोडाघोडी  क्लबको आयोजनामा मेयर कप फुटबल प्रतियोगिता हुन लागेको घोडाघोडी क्लबका अध्यक्ष रबि गिरिले हिमाल पोस्टलाई जानकारी दिनुभयो  । यहि माघ १४ गते बाट सुरु हुने प्रतियोगीतामा भाग लिन १३ गते साझ ५ बजे सम्म टिम दर्ता गराउनु पर्ने अध्यक्ष गिरिले बताउनु भयो ।

प्रतियोगितामा बिजेतालाई  ५१ हजार १ सय ५१ रुपैया सहित ट्फी,मेडल र प्रमाणपत्र र उपबिजेतलाई २१ हजार १ सय २१ रुपैया सहित ट्फी,मेडल र प्रमाणपत्र प्रदान गरीने क्लबका सचीव ओम आचार्यले जानकारी दिनु भयो । त्यस्तै घोडाघोडी नगरपालिका अन्तर्गत  १२ वटा वडा भित्रका टिम र खेलाडी समाबेश गर्न पाईने र प्रथम मेयर कप फुटबल प्रतियोगिताको खेल फिपा को नियम अनुसार खेलाईने समेत सचीव आचार्यले बताउनु भयो ।