प्रदेश न. १ प्रहरी टिम फाईनलमा विजयी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रदेश न. १ प्रहरी टिम फाईनलमा विजयी



ओम प्रकाश बानियाँ/कमल खड्का

बराह नगरपालिका वाड न. ३ मा सन्चालित प्रथम मेयरको आज भएको फाईनल खेलमा प्रदेश न. १ प्रहरी टिम ४/३ गोल अन्तरले विजयी भएको छ ।

एभरेस्ट क्लबको खेल मैदानमा सन्चालित उक्त फाईनल खेलमा बराहक्षेत्र क्लब बराह र प्रदेश न. १ प्रहरी टिम आमुन्ने सामुन्ने भिडेका थिए । अत्यन्तै रोमाञ्चक खेलमा पहिलो हाफमा १/१ गोल भएको थियो । पहिलो हाफमा प्रहरीका तर्फबाट जर्सी नम्बर १० का बिजय बिष्टले १७ औ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिए तर त्यो केहि बेर पनि टिकेन र ३६ औ मिनेटमा बराहक्षेत्र का जर्सी नम्बर ११ का आकाश राइले गोल गर्दै पहिलो हाफ बराबरी भएको थियो ।

दोस्रो हाफमा पनि कुनै गोल हुन् नसके पछि खेल ट्राई बेकरमा परिणत भएको थियो । ट्राईबेकरमा बराहक्षेत्र क्लबका खेलाडीहरुको गोल पोस्ट बाहिर गएपछि पुलिसले सहजै जित निकाल्न सफल भएको हो । उक्त खेल बाट उत्कृष्ट गोल रक्षकमा पुलिसका जेर्सी न. २२ का सन्जिब श्रेष्ठ, उत्कृष्ट डिफेन्समा पुलिस कै जर्सी न. ३ का दिल बहादुर तामाङ, उत्कृष्ट मिड फिल्डरमा पुलिसका जर्स्री न ९ का दिपेन राई,हाई स्कोरमा पुलिसका जर्सी न. १० का विजय बिष्ट र एभरेस्ट फुटबल क्लबका निसान लिम्बूले संयुक्त रुपमा ७०० नगद सहित ट्रफी प्राप्त गरेका थिए । बेस्ट प्लेयरमा बिष्णु सुनार, त्यस्तै उदयमान खेलाडीको उपाधि एभरेस्ट फुटबल क्लबका खेलाडी साजन राईलाई दिएको थियो । उत्कृष्ट फरवार्ड भने प्रहरीका जर्सी न १० का बिजय बिष्टलाई प्रदान गरिएको थियो ।

उप विजेता बराहक्षेत्र क्लबले नगद ५०,००० हजार सहित ट्रफी हात पारेको थियो भने बिजेता प्रदेश न. १ प्रहरी टिमले १ लाख नगद सहित ट्रफी हात पारेको थियो ।

सो फाईनल खेलको सभापतित्व क्लबका अध्यक्ष मधुसुधन भट्टराई, प्रमुख अतिथिमा सुनसरी जिल्ला प्रतिनिधि सभा सदस्य जय कुमार राई, विशेष अतिथी सुनसरी जिल्ला फुटबल महासंघका महासचिव भेषराज कार्कि, प्याब्सन ग्रामिण क्षेत्रीय समन्वय समितिका अध्यक्ष मोहन भट्टराई, अतिथिहरुमा रुद्र दाहाल, टेक वा. गौतम, जगत वा. कार्की, अमित गौतम लगायत रहेका थिए ।