प्रदेश न. १ प्रहरी टिम रानी विजयी - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

प्रदेश न. १ प्रहरी टिम रानी विजयी



ओम प्रकाश बानियाँ/कमल खड्का

एभरेस्ट फुटबल क्लब बराह-३ को आयोजनामा भैरहेको प्रथम मेयर कपको सोमबार भएको दोस्रो खेल प्रदेश न: १ प्रहरी टिम रानी बिराटनगर भर्सेज राजाबास फुटबल क्लब बिच खेल भएको थियो । खेलमा प्रहरी टिम ३-० गोल अन्तरले बिजय भएको छ ।

प्रहरीको जितमा जेर्सी न:११ का उज्ज्वल राई, जेर्सी न:१५ का अनिल लिम्बू र जेर्सी न: १० का बिजय बिष्टले एक-एक गोल गरेका थिए । उक्त खेलको म्यान अफ द म्याच प्रहरी टिमका जेर्सी न:११ का उज्ज्वल राई भएका छन ।

राईले २५०० नगद सहित ट्रफि हात पारेका छन् । मंगलबार बराहक्षेत्र फुटबल क्लब चतरा भर्सेज बक्लौरी फुटबल क्लब रामधुनी बिच हुने छ ।