पति पत्नी लागु औषध सहित पक्राउ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

पति पत्नी लागु औषध सहित पक्राउ



टीकापुर,कैलाली । कैलालीको टीकापुरमा लागु औषध चरेश सहित २ जनालाई पक्राउ गरी सार्वजनिक गरीएको छ।

ईलाका प्रहरी कार्यालय टीकापुरले वडा नम्वर १ व्लक नम्बर बि स्थित सन्ध्या व्युटी पार्लरकी सञ्चालिका समिक्षा वडुवाल शाही र श्रीमान माथवरजंग शाहीलाई पक्राउ गरी सार्वजनिक गरेको हो । उनिहरुको साथ बाट १ ग्राम २ सय ६० मिलिग्राम खैरो हिरोईन बरामद गरीएको ईलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ।

पक्राउ परेका दुवै जनालाई कैलाली जिल्ला अदालत बाट ७ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। ब्युटी पार्लरमा लागु औषध वेचविखन गर्ने गरेको भन्ने सुचनाको आधारमा प्रहरी छापा मारेको थियो।