ओलीले भने : प्रदेश प्रमुख र मुकाममा हाम्रो सहमति छैन - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

ओलीले भने : प्रदेश प्रमुख र मुकाममा हाम्रो सहमति छैन



काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले तोकेका प्रदेश प्रमुख र अस्थायी मुकाममा आफूहरुको सहमति नभएको बताएका छन् ।

बैंककबाट बिहीबार(आज) स्वदेश फर्किएका ओलीले सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न सरकारलाई सहमति दिए पनि व्यक्ति र स्थानमा आफुहरुको सहमति नरहेको बताएका हुन् । सरकारले ढिलै भएपनि अस्थायी मुकाम तोकेर अप्ठ्यारो फुकाएको बताए । अध्यक्ष ओलीले प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभालाई भएको बताए । आफ्नो भ्रमणलाई लिएर अनावश्यक प्रचार भएको गुनासो उनको थियो ।

नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्डको बैंकक पुगेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज काठमाडौं फर्किएका हुन् ।