झलनाथले भने: म माथि अन्याय भयो पार्टी फुट्न सक्छ ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

झलनाथले भने: म माथि अन्याय भयो पार्टी फुट्न सक्छ !



काठमाडौं । तत्कालिन नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालसँग आक्रोश ब्यक्त गरेका छन ।

उनले ओली र नेपाललाई आफूमाथि ठुलो षड्यन्त्र गरेको आरोप लगाएका छन् । आफु अनुपस्थित हुने समय पारेर यो षड्यन्त्र गरेको आरोप लगाएका छन् । चीन भ्रमणबाट स्वदेश फर्के लगत्तै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

आफू स्वास्थ्य उपचारका सिलसिलामा चीन गएको बेला व्यापारिक प्रयोजनले गएको भनी चरित्रहत्या गर्न खोजिएको समेत उनले बताए । खनालले ओली र माधव नेपालको मिलेमतोमा पार्टीभित्र दमनचक्र चलाउन खोजिएको आरोप पनि लगाए ।

पार्टी एकता हुने अघिल्लो दिन ओलीसँग एउटै कार्यक्रममा हुँदा पनि एकताको जानकारी नदिइएको उनले बता ।अत्यन्त आक्रोशित मुद्रामा प्रस्तुत भएका खनालले आफूखुसी तोकिएको वरियता स्वीकार नगर्ने प्रष्ट पारेका छन् । उनले पार्टी पार्टी फुट्न सक्ने सम्मको चेतावनी दिएको श्रोतले जनाएको छ ।