नेविसंघ भारतमा विवाद - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नेविसंघ भारतमा विवाद



नयाँ दिल्ली

नेपाली काँग्रेस निकट विद्यार्थी सङ्गठन नेबिसंघ भारतमा विवाद देखिएको छ । हालसम्म भारतमा नेविसंघको कुनै विवाद थिएन ।

हालै भारतमा स्वर्गीय नेता खुम बहादुर खड्काको श्राद्धन्जली कार्यक्रमका लागी पूर्व रक्षामन्त्री बालकृष्ण खाण दिल्ली पुगेपछि विवाद देखिएको हो ।

खाणको उपस्थितिमा नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले एकलौटी गर्न खोजेकोले विवाद हुने निश्चित भएको हो । नेविसंघ भारतमा पार्टीमा योगदान गरेका नेताहरूको अनुपस्थितिमा पाण्डेले आफ्नै रवाफ लाद्न खोजेको आरोप लगाएका छन् ।

स्वर्गीय नेता खुम बहादुर खड्काको पुण्य तिथिमा राखिएको कार्यक्रममा पाण्डेले एकलौटी सङ्गठन बिस्तार गर्न र आफू निकट पदाधिकारीलाई मात्र समेट्न खोजेको आरोप छ । पुण्य तिथि जस्तो पवित्र कुरामा पनि पाण्डेले राजनीति गर्न खोजेको एक नेविसंघ नेताले बताएका छन् ।

भारतमा लामोसमय खटेर पार्टीका लागी काम गरेका नेविसंघका विद्यार्थी नेताहरूलाई बाइपास गरेर पाण्डेले ज्यादती गरेको र उनी निकट केही नेताहरूले पनि पुराना विद्यार्थी नेतालाई अलग्याउन खोजेका कारण यो विवाद निस्कने पक्का भएको हो । दिल्लीमा भएकोखड्काको १३औ दिनको पुण्यतिथिको कार्यक्रममा एकाएक नेविसंघ गठन गर्न खोजेपछि विद्यार्थीहरूले बहिष्कार समेत गरेका छन् । पुराना र पार्टीलाई राम्रो योगदान गरेका नेताहरूकै अनुपस्थितिमा सङ्गठनलाई पाण्डेले अवमूल्यन गर्न खोजेकोले बहिष्कार गर्नुपरेको विद्यार्थी नेताहरूको आरोप छ ।

खाण यसअघि पनि पार्टीका धेरै कार्यक्रममा विवादमा परेका छन् । शेरबहादुर देउवा निकट मानिने उनले नेविसंघमा आफ्नालाई काखी च्यापेर अघि सारेको देखि चुनावमा राम्रोसँग परिचालन गर्न नसकेको पनि जानकारहरू बताउँछन् । युवा नेताहरूले नेतृत्व परिवर्तन गर्नु पर्ने र पार्टीलाई नयाँ रूपमा लैजाने प्रस्ताव गर्दा पनि खाणले देउवाको पक्षमा एकलौटी समर्थन गर्दै आइरहेका छन् ।

पार्टीको नेतृत्व देखि सङ्गठनहरूलाई सबल बनाई व्यापक रूपान्तरण गर्नुपर्ने अवस्थामा झन् पछि झन् आफूखुसी र राम्रालाई भन्दा हाम्रालाई काखी च्यापेर पार्टीलाई नै असर गर्ने कामले जनस्तरमै राम्रो सन्देश नदिने विद्यार्थीहरूले बताएका छन् ।

भोपालमा पनि विवाद

नेपाली जनसम्पर्क समिति भोपालमा पनि यसअघि विवाद भएको थियो । नेजस भोपालमा पाण्डेले आफू निकट व्यक्तिलाई मात्र सङ्गठनमा प्रवेश गराई नेतृत्व परिवर्तन गर्ने क्रममा निकै विरोध भएको थियो । सो क्रममा नेताहरूले चुनाव बहिष्कार समेत गरेका थिए । बहिष्कार गरे पनि पाण्डेले एकलौटी निर्णय गराएका थिए । हालसम्म समाधान उक्त विवाद कायम छ ।