नयाँ उचाई चुम्दै नेपाली क्रिकेट टीम - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

नयाँ उचाई चुम्दै नेपाली क्रिकेट टीम



पत्रपत्रिका/नयाँ पत्रिका

जिम्बावेमा सञ्चालन भइरहेको एकदिवसीय विश्वकप क्रिकेट छनोटमा पपुवा न्युगिनीसँग विजयी भएपछि नेपालको ३० वर्षे क्रिकेट इतिहासमा नयाँ ढोका खुलेको छ ।

अब नेपालले चार वर्षसम्म एकदिवसीय र लिस्ट ए मान्यता पाएका राष्ट्रसँग खेल्न पाउनेछ ।

चार वर्षमा नेपालले विश्व क्रिकेट लिग, एसिया कप र इन्टरकन्टिनेन्टल कपजस्ता ठूलो प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछ । यसबीच आइसिसी एकदिवसीय वरीयतामा नेपाल सूचीकृत हुनेछ ।

तर, एकदिवसीय मान्यता पाउँदैमा नेपालले अस्ट्रेलिया, भारत, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, पाकिस्तान र न्युजिल्यान्डजस्ता राष्ट्रविरुद्ध खेल्न पाउने होइन ।

किनकि, उनीहरू पूर्ण रूपमा टेस्ट मान्यताप्राप्त टिम हुन् । नेपाल एसोसिएटका तर्पmबाट एकदिवसीयमा मात्र प्रवेश गरेको छ ।