नेपाल र युएईबीचको अभ्यास खेलमा युएईले टस जितेर ब्याटिङ रोज्यो - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नेपाल र युएईबीचको अभ्यास खेलमा युएईले टस जितेर ब्याटिङ रोज्यो



काठमाडौं । आइसीसी विश्वकप छनोट क्रिकेटअन्तर्गत नेपाल र युएईबीचको अभ्यास खेलमा युएईले टस जितेर ब्याटिङ रोजेको छ । वर्षाबाट प्रभावित हुदा खेल समयमै सुरु हुन सकेको थिएन ।

खेल वर्षाको कारण २९ ओभरमा छोट्याइएको छ । नेपाली समय अनुसार १ बजेर १५ मिनेटमा खेल सुरु हुनुपर्ने भएपनि वर्षा हुँदा केहि बेरमा सुरु हुने भएको हो ।

क्वेक्वे स्पोर्ट्स क्लबको मैदानमा नेपाल र युएईको अभ्यास खेल हुँदैछ । छनोटमा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बाबेसँगै, अफगानिस्तान, स्कटल्याण्ड र हङकङ जस्ता बलियो टोली रहेका छन् ।

नेपालले मार्च ४ मा जिम्बाबेसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग मार्च ८ मा खेल्नेछ । त्यसपछि नेपालले १० मार्चमा अफगानिस्तान र हङकङसँग मार्च १२ मा खेल्नेछ ।

छनोटमा नेपालले सुपर सिक्समा पुग्ने लक्ष्य लिएको छ । छनोटको शिर्ष दुई टोलीले सन् २०१९ मा इंग्ल्यान्ड र वेल्समा हुने विश्वकपमा स्थान बनाउने छन् ।