नेपालले टस जितेर फिल्डिङ रोज्यो ,नेपालले आज जित्नै पर्ने दबाब - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नेपालले टस जितेर फिल्डिङ रोज्यो ,नेपालले आज जित्नै पर्ने दबाब



काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को लिग चरणको अन्तिम खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ । नेपालले टस जितेसँगै क्यानडाले ब्याटिङको निम्तो पाएको छ ।

विन्डहुकस्थित वान्डरर्स क्रिकेट मैदानमा क्यानडाविरुद्धको खेल नेपालको लागि फाइनल भन्दा बढी महत्वपूर्ण रहनेछ । आइसीसी विश्वकप छनोट र उच्च श्रेणीको क्रिकेट खेल्न नेपालको लागि आजको खेल विशेष हुनेछ ।

जारी डिभिजन टु को शीर्ष दुई टोलीले मार्चमा जिम्बाबेमा हुने एकदिवसीय विश्वकप छनोटमा सहभागिता जनाउन पाउनेछन् । तर, नेपालको भाग्य आज हुने क्यानडासँगको खेलले निर्धारण गर्नेछ । त्यसैले क्यानडाविरुद्ध मैदान उत्रँदा नेपाललाई जित्नै पर्ने दबाब छ ।

६ राष्ट्र सम्मिलित प्रतियोगितामा नेपालले चार खेलमा ३ खेल जित्दै ६ अंक जोडेको छ । नेपाल प्रतियोगिताको तेस्रो स्थानमा छ । क्यानडा शीर्ष स्थानमा र आयोजक नामिविया दोस्रो स्थानमा छ ।