नेपाली कांग्रेसको ७ नम्बर प्रदेशसभामा संसदीय दलको नेता डा. रावललाई चयन - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नेपाली कांग्रेसको ७ नम्बर प्रदेशसभामा संसदीय दलको नेता डा. रावललाई चयन



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ७ नम्बर प्रदेशसभामा संसदीय दलको नेता डा. रणबहादुर रावललाई चयन गरेको छ ।

कांग्रेस प्रदेशसभा सदस्यहरुको आइतबार बसेको बैठकले रावललाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।

उनी कैलाली क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । संसदीय दलको नेता चयनका लागि कांग्रेस केन्द्रीय कार्यालयले सबै प्रदेशमा केन्द्रीय प्रतिनिधि खटाएको थियो ।

७ नम्बर प्रदेशका लागि खटाइएका केन्द्रीय सदस्य एनपी सावदको उपस्थितिमा बैठक बसेको थियो । यसअघि संसदीय दलको नेतामा प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल र भरतबहादुर खड्काको नाम पनि चर्चामा थियो ।