नरेश बोहराको पन्चेबाजा बजारमा (भिडियो सहित ) - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

नरेश बोहराको पन्चेबाजा बजारमा (भिडियो सहित )



ओम प्रकाश बानियाँ

माघ महिना विशेषत लगनको महिना हो । लगनको महिनामा पञ्चेवाजाहरु धेरै बज्ने गर्दछन भने यसै अवसरलाई ध्यानमा राखि नेपाली लोकदोहोरी क्षेत्रमा पनि धेरै पञ्चेवाजाका गीतहरु सार्वजनिक भइरहेका छन । यसो त गीत संगीतबाट खासै कमाइ नभए पनि गीत सार्वजनिक हुनेक्रम भने रोकिएको छैन ।

भारतीय सेनामा रहेर पनि नेपाली गीत संगीतलाई अत्यन्तै माया गर्ने नरेश बोहराको उत्कृष्ट शव्द सिर्जनाम नयाँ गीत बागलुङ कालीका भर्खर मात्र सार्वजनिक भएको छ । यसो त नेपाल आएको छोटो समयमा पनि बोहराका धेरै गीतहरु सार्वजनिक भएका थिए । उनले नेपाली गीत संगीतलाई अत्यन्तै माया गर्ने सर्जकमा पर्दछन ।

नरेश बोहराको शव्द सिर्जना रहेको सो गीतमा प्रदिप बोहराले लय सिर्जना गरेका छन भने गीतमा प्रतिप बोहरा र विन्दु सुनारको आवाज रहेको छ । मेसना डिजिटलले बजार व्यवस्थापन गरेको सो गीतमा प्रदिप बोहराकै निर्देशन रहेको छ । गीतले माया प्रेम सहित बागलुङका विभिन्न ठाँउको बयान समेत गरेको छ ।
गीतको पुरै म्युजिक भिडियो हेर्नुहोस ।