नविना लामाको विहे: देउवा भन्दा ओली पछाडी ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नविना लामाको विहे: देउवा भन्दा ओली पछाडी !



प्रतिनिधि सभाकी सांसद तथा अनेरास्ववियुकी अध्यक्ष नवीना लामा र अनेरास्ववियुकै पूर्व केन्द्रीय सदस्य प्रवीण श्रेष्ठको विवाहमा शुभकामना आदानप्रदान कार्यक्रम जारी रहेको छ ।

काठमाण्डुको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजित विवाह शुभकामना कार्यक्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासम्म पुगेका छन् ।

प्रधानमन्त्री ओली दिउँसो १ बजे आइपुग्ने कार्यक्रम रहे पनि उनी ३ बजेमात्र शुभकामना दिन आइपुगे । कांग्रेस सभापति भने एक बजे नै शुभकामना दिन पुगे ।

प्रधानमन्त्री ढिला पुगेपछि माइति नै ढिला भएको भन्दै स्वागत गर्न बसेकाले गुनासो गरेका थिए । सांसद लामाको बिहेमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, धनराज गुरुङ, चन्द्र भण्डारी लगायत पुगेका थिए ।

यसैगरी एमालेका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, सभामुख कृष्णबहादुर महरा, मुख्यमन्त्री शेरधन राई, शंकर पोखरेललगायत पनि पुगे ।